• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

ऐश्वर्य वृद्दि र घाउ खटिरा निको हुने वैद्यहरुका गुरु चन्द्र बिनायकमा भक्तजनको घुँईचो


  •   मङ्गलबार, असार २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालका प्रशिद्घ विनायकहरू काठमाडौं उपत्यकाभित्रै रहेका छन् । सूर्यविनायक भक्तपुरमा, अशोकविनायक काठमाडौंको मरूमा, कार्यविनायक ललितपुरको बुङ्गमतीमा र जलविनायक काठमाडौंको चोभारमा भने कार्यविनायक ललितपुरको बुंमतीमा अवस्थित छन् ।

    Advertisement

    काठमाडौंको चाबहिलस्थित चन्द्र विनायक मन्दिर एकपटक पुग्नैपर्ने महत्वपूर्ण धार्मिक एवम् पूरातात्विक स्थल हो । नेपालका प्रशिद्ध पाँच विनायक अर्थात् गणेश (चन्द्र विनायक, सूर्य विनायक, अशोक विनायक, जलविनायक, कार्यविनायक) मध्येका एक चन्द्र विनायकलाई ‘चाबहिल गणेश’ भनेर समेत चिनिने गर्दछ । चावहिल गणेशलाई रक्त विनायक पनि भनिन्छ । स्थानिय नेवारी भाषामा चन्द्र बिनायकलाई ल्ह्वंसा गणेद्यः भन्दछन् । यस मन्दिरको दर्शनले मानिसको शरिरमा आएको घाउ खटिरा निको हुने जनविश्वास रहि आएको छ । त्यसैले त वैद्यहरु यस गणेशको बिशेष आराधना गर्ने गर्छन भने कोही वैद्य विद्या सिक्नु अघि यही गणेशको पूजा गरी सुरुवात गर्छन । वैद्यहरु चन्द्र बिनायकलाई गुरु मानी गुरु चन्द्र बिनायक पनि भनी पुकार्छन।

    चन्द्रविनायक गणेशस्थानमा मन्दिरभित्र स्तुप रहेको छ । जसको समय ५ औ शताब्दी मानिएको र त्यही रहेको बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन हुन। यसले यो देवल लिच्छवीकालमै बनेको संकेत दिन्छ।यधपि गणेशको मूर्ति भने ९/ १० औ शताब्दीको अनुमान गरिएको छ। अझ हालको मन्दिर निर्माण भने मध्यकालका राजा अमर मल्लले वि. सं. १५८६ – १६१९ (?) को बिचमा निर्माण गर्न लगाएको मानिन्छ ।

    चन्द्र बिनायको आर्को रोचक पाटो भने यहाँको जात्रा हो । यस ठाउँमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्हि) देखि गणेश तथा भैरवको जात्रा लाग्ने गर्दछ । तीन शताब्दी भन्दा पूरानो यो जात्रा नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले शुरुवात् गराएको मानिन्छ । काठमाण्डू नगर बाहिर मनाइने थुप्रै जात्रा मध्य यहाको जात्रा बिशेष मानिन्छ। यो जात्रा प्राचीन देवपाटन र पशुपति क्षेत्रमा मनाइन्छ। यसमा गणेश र भैरवको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरिन्छ। नगर परिक्रमाको क्रममा पशुपतिसहित मित्रपार्क, जयबागेश्वरी, इटापाखा, कुटुबुहाल, गंगाहिटी, चाबहिल चोक, चुच्चेपाटी, मैजुबहाल, चारुमति आदि ठाउँका दोबाटोमा पूजा तथा सिफल चौरमा खटलाई खेलाउने र जुदाउने गरिन्छ। यो जात्रा देवमाला वंशावली अनुसार ने स ८००- ८०४ मा राजा भूपतिन्द्र मल्लकि कान्छी रानीले सपनामा देखी, सोही अनुसार हाडी गाउँको धन गणेशलाइ तानेर चाबहिलमा स्थापना गरि जात्रा चलाइएको मानिन्छ।

    चाबहिल चन्द्र विनायक गणेश घाउ खटिरा निको नहुँदा यहाँ पूजा-आजा गरे निको हुने विश्वास रहेको छ । चन्द्र विनायकको दर्शन तथा आराधना गर्नाले घाउ खटिरा एवं चर्म रोग निको हुने विश्वास गरिन्छ । बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास गरिन्छ । गणेशको पूजा आराधना गर्नाले सुख, शान्ति, ऐश्वर्य र धनसम्पत्ति प्राप्त हुने विश्वासले धेरै भक्तजनहरू आउने गर्दछन् । विशेषगरी माघ महिनाका मंगलबार यहाँ मेलाजस्तै हुने गर्दछ । सामान्य दिनमा ८०० देखि १००० जना सम्म भक्तजन आउने यस मन्दिरमा मंगलवार र शनिवार भिडभाड हुने र माघ महिनाका मंगलबार दैनिक १५ देखि २० हजारसम्म श्रद्दालुहरु आउने गरेको श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा समन्वय समितीका सचिव सुरेन महर्जनले बताउनु भयो ।

    धार्मिक आस्था र सामाजिक मान्यता

    चन्द्र विनायकको भाकल गरे सरीरमा आएका घाउ खटिरा निको हुने, हराएका सामान भेटिने विश्वाशकासाथ पूजा गर्ने गरिएको पाइन्छ । अचम्मको कुरा त के छ भने यहाँका भैरवनाथ मन्दिरको नजिक चार किल्लामा बस्ने स्थानीयबासीमा कहिल्यै झाडा पखाला नलाग्ने विश्वाश गरिन्छ । कुनै नयाँ कामको थालनी गर्दा, विदेश जाँदा वा नयाँ संकल्प लिँदा मनोकामना पूरा होस् भन्नका लागि यहाँ आउने श्रद्धालुहहरुको संख्या बढी पाइन्छ ।

    मन्दिरसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष भनेको परम्परागत वैद्यहरुलाई वैद्य विद्या तथा उपचार गणेशको पूजा गरेपछि मात्र सिकाउने गर्नु हो । वैद्यहरुको यो कार्यसँग जोडेर चन्द्रविनायकलाई गुरु गणेश पनि भन्ने गरिएको छ । यसबाहेक प्रत्येक दिनको उमंग र सफलताका लागि मन्दिर आउने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य पाइन्छ । मन्दिर परिसरमा नाग आसनमा बसेका चन्द्रविनायकका अतिरिक्त, नेपाली धार्मिक आस्था तथा विश्वाश बोकेका धेरै देवी देवताका मूर्तिहरु छन् । एकै ठाउँमा क्षेत्रपाल, दक्षिणकाली, पञ्चबुद्ध, सरस्वती, नारायण, कुमारी, भैरव, शिव, राधाकृष्णलगायतका देवी देवताका प्रस्तर मूर्ति भएकाकारण श्रद्धालुहरुले एउटै पूजा तथा दर्शनबाट अधिक पुण्य लाभ गरेको महसुस गर्ने गरेका छन् ।

    यहाँका गणेशलाई समय अनुसार पहिरन लगाइ दिने चलन छ । अन्य सामान्य दिनमा प्रस्तर रुपमा हुने गणेशलाई मंगलबार पित्तलको कलेबर र शनिबार चाँदीको मुखौटा लगाइ दिने चलन छ । जात्राको बेला तामाको कलेवर लगाइ दिइन्छ भने क्षमा पूजाको बेला अलग्गै पित्तलको कलेबर लगाइ दिने चलन छ ।

    कार्यसिद्धिकालागि पुकार वा आराधना गरिने गणेश मन्दिरमा मंगलबार श्रद्धालुहरुको भीड हुने गरेको छ भने, माघ महिनाको मंगलबार भने विशेष आस्थासहित श्रद्धालुहरु आउने गर्छन् ।

    चावहिल गणेशलाई बौद्ध चैत्यमा अडेस लगाएर स्थापना गरिएको देखिन्छ । एक किंदन्ति अनुसार चोरले हाडी गाउबाट धन गणेशको मूर्ति चोर्दा त्याहाका बासिन्दाले थाहा पाई लखेटे । चोर भाग्दै चाबहिलको चारुमती बिहारमा लुक्न पसेछ र मुर्ती त्यही रहेको चैत्यमा राखेर भागेछ । पछि गणेशको मुर्ती फेला परे पछि उचाल्न खोज्दा नसके पछि त्यही राखी पुजा गर्न थालियो।  चोरलाई नदेखेर गाउँलेहरू त्यहाँबाट फर्किएपछि उसले गणेशले नै आफूलाई बचाएको भन्ने लागेर बौद्धविहारमा अडेस लगाई त्यहीँ स्थापना गरेका कारण यी गणेशको नाम चावहिल गणेश रहन गएको भन्ने किम्बदन्ती पनि रहेको छ ।

    चावहिल गणेशको मन्दिरको उत्तरतर्फ कुमारी देवी रहेकी छिन् । उनलाई अन्य कुमारीभन्दा प्रसिद्ध मानिन्छ । यस मन्दिरमा अवस्थित भैरवको अगाडि क्षेत्रपाल वेताल छ ।

    यस्तो प्रख्यात मन्दिर अहिले संसक्षणको पर्खाइमा रहेको देखिन्छ । प्राचीनकालदेखि चल्दै आएको विशेष महत्वको गणेशको जात्रा युवापुस्ताको सहभागिता अभावमा बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । यस वरपर ठूलाठूला घर बनिसकेकाले दर्शनार्थी तथा भक्तजनहरूको उपस्थितिलाई धान्ने ठाउँको अभाव रहेको छ । गणेशको मन्दिरमा २०७२ सालको भूकम्पले क्षति गरेपछि जीर्णोद्धार गरिए पनि वरपर व्यापार गर्नेले कब्जा जमाइसकेका छन् । यो मन्दिर पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको छ ।

    गणेश शब्दले गण हरूका देवता भन्ने जनाउँदछ । गणेशको वाहन छुचुन्द्रो हो भने उनको आसनमा नागले बेठन मारेको हुन्छ । गणेशसहस्रनामावलीमा गणेशका एक हजार नामहरूको चर्चा गरिए पनि उनलाई सुमुख, एकदन्त, कपिल, गजकर्ण, लम्बोदर, विकट, विघ्नाश, विनायक, धूम्रकेतु, गणाध्यक्ष, भालचन्द्र र गजानन गरी मुख्यतया १२ वटा नामले पुकारिन्छ ।

    ‘न ऋते त्वत्क्रियते किञ्चनारे’ अर्थात् तिमीबिना कुनै पनि कर्म प्रारम्भ हुँदैन भनेर ऋग्वेद (१०।११२।९) ले गणेशको सर्वप्रथम पूजा हुनुपर्ने कुरा उल्लेख गरेको पाइन्छ । शिवजीले गणेशलाई ‘त्वमर्चनीयः प्रथमं प्रयत्नात्’ अर्थात् ‘कुनै पनि सत्कार्य गर्दा पहिला तिम्रो पूजा नगरी सिद्धि नहोस्’ भनी वरदान दिएका थिए । त्यसैले जुनसुकै कर्म गर्दा कुनै बाधाव्यवधान नपरोस् र ती काम निर्विघ्नतापूर्वक सम्पन्न हुन सकून् भन्ने हेतुले गणेशजीको सर्वप्रथम पूजा गर्ने गरिन्छ ।

     

    मङ्गलबार, असार २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer