काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
Advertisement
सोही रेखाको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानहरूमा भारी वर्षाको सम्भावना छ।




