काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ । यस्तै, वर्षा गराउने मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।
Advertisement
सोही कारण आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका धेरै तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।




