काठमाडौ । विश्वव्यापी समाजसेवाको अग्रणी संस्था लायन्स ईन्टरनेशनलको डिष्ट्रिक्ट ३२५ एम नेपाल अन्तर्गतका क्लवहरुको सक्रियतामा आज रक्तदान तथा नि:शुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको रिंगरोड वनस्थली चोकमा सम्पन्न उक्त कार्यक्रमा २९ प्रिन्ट रगत संकलन भएको र २८० भन्दा बढी सर्वसाधारणले निशुल्क दांत परिक्षण गर्नु भएको कार्यक्रमका संयोजक मन्दिरा खनाल पौडेलले जानकारी दिनुभयो । समाज सेवामा सक्रिय खनाल डिष्ट्रिक्ट ३२५ एममा डिपार्टमेन्ट हेड र काठमाडौको पश्चिम क्षेत्रकै चर्चित विद्यालय जन जागृती ज्ञानरश्मी माध्यमिक विद्यालयको प्राध्यानाध्यापक समेत हुनुहुन्छ ।
कार्यक्रमलाई लायन्स ईन्टरनेशनलका डाईरेक्टर वालकृष्ण वुर्लाकोटीले आफ्ना सन्देश मार्फत सफलताको कामना गर्नुभएको थियो भने प्रमुख अतिथी पुर्व गभर्नर महेन्द्र पौडेलले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमका अतिथी द्वितिय भाईस गभर्नर रत्न पराजुलीले यस्तो वर्षातको समयमा पनि रक्तदान जस्तो कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजकहरुको खुलेर प्रशसा गर्दछु भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लायन्स क्लव अफ काठमाडौ वाईसधारा, साझा फुलवारी, ईन्द्र अन्नपुर्ण योगा, सर्भेयर नेपाल र जन जागृती ज्ञानरश्मी विद्यालय समेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सम्पुर्ण प्राविधीक सहयोग ॐ डेन्टल समाज वनस्थलीको रहेको थियो । कार्यक्रममा क्लब अध्यक्षहरु सुन्दर देवकोटा, आनन्द बुर्लाकोटी, सुमित्रा केसी र ईन्द्र बहादुर न्यौपानेका साथै जोन चेयरपर्सन कमल बहादुर खत्री, क्लस्टर चिफ देवेन्द्र सारु मगर, एडिशनल क्याविनेट सेक्रेटरी ईश्वर अर्याल, डिष्ट्रिक्ट सेक्रेटरिन्ट चिफ हरिचन्द्र तिवारी लगायत आयोजक क्लवहरुका सदस्यहरुको उपस्थिती रहेको थियो ।
यसभन्दा अघी पनि लायन्स क्लव अफ काठमाडौ वाईसधारा, साझा फुलवारी र जन जागृती ज्ञानरश्मी विद्यालयले संयुक्तरुपमा बिबिध सामाजिक कार्य गर्दै आईरहेका छन् ।





