काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
Advertisement
आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा मधेश र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मनसुनी न्यून चापीय रेखा तथा भारत उत्तर प्रदेशको आकाशमा विकसित न्यून चापीय क्षेत्रको प्रभावका कारण आज ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ।




