काठमाडौं । देशभर वर्षा शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनी वर्षा गराउने न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
Advertisement
त्यसका कारण आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




