• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गुरु बन्ने रहर


  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • एकपटक भर्खरै दीक्षित एक शिष्यलाई आफ्ना गुरुसित केही दिन बिताइसकेपछि आफू पनि गुरु बन्ने रहर जाग्यो । उनले गुरुसित भने– गुरुदेव, म पनि हजुरजस्तै गुरु बन्न चाहन्छु । मेरा पनि वरिपरि शिष्य होऊन् र मानिसले मलाई पनि हजुरलाई जस्तै सम्मान गरून् भन्ने मेरो चाहना छ ।

    Advertisement

    शिष्यको रहर सुनिसकेपछि गुरुले मन्दमन्द मुस्कुराउँदै भने– दीर्घ साधनापछि आफ्नो योग्यता र विद्वताको बलमा एक दिन तिमीले चाहेजस्तो स्थान प्राप्त हुनेछ, धैर्य गर । गुरुको जवाफ सुनेपछि शिष्यले भने– दीर्घ समयपछि किन गुरुदेव, अहिल्यै किन हुन सक्दैन ? म अहिल्यै आफ्ना शिष्यलाई दीक्षा दिन किन सक्दिनँ ?

    शिष्यको जिज्ञासा सुनेपछि गुरुले उनलाई भर्‍याङको तल्लो सिँढीमा उभिन लगाए । आफूचाहिँ माथिल्लो सिँढीमा उभिएर भने– तिमी मलाई अब त्यहाँबाट सबैभन्दा माथिल्लो सिँढीमा पुर्‍याइदेऊ त । गुरुको आदेश सुनेर अचम्म मान्दै शिष्यले भने– हजुर पनि कस्तो अचम्मको कुरा गर्नुहुन्छ गुरुदेव ! म आफैँ यति तल्लो सिँढीमा छु भने माथिल्लो सिँढीमा उभिनुभएको हजुरलाई कसरी अझै माथिल्लो सिँढीमा पुर्‍याउन सक्छु ? यसका लागि त म स्वयं नै पहिले माथि पुग्नुपर्‍यो नि !

    शिष्यको भनाइ सुनेपछि मुस्कुराउँदै गुरुले भने– ठीक यसैगरी कसैलाई आफ्नो शिष्य बनाएर माथि उठाउन चाहन्छौ भने पहिले तिमी स्वयं उच्च स्थानमा पुग्नुपर्छ । शिष्यले गुरुको आशय बुझे । उनी नतमस्तक भएर गुरुको चरणमा परे र पुनः ज्ञान आर्जनलाई निरन्तरता दिन थाले ।

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer