काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा आज कर्णाली र सुदूरपश्चिममा मुसलधारे वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो वागमती, गण्डकी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।




