• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

प्रचारप्रसारको अभावमा रहेको रामारोसन ताल संरक्षणको पर्खाईमा


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ । अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ ।

    Advertisement

    सुदूर पश्चिमाञ्चल प्रदेश अन्तर्गत अछाम जिल्लाको पूर्वीत्तरमा पर्ने रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुन्द्री सतहबाट २५४६ मिटरको उचाईमा प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहानको रुपमा रहेको छ ।रामारोशन क्षेत्रको पूर्वमा कालिकोट जिल्लाको साविकको रुप्सा गाविस, पश्चिममा अछाम जिल्लाको साविकको भाटाकाटिया गाविस, उत्तरमा अछाम जिल्लाको सबैभन्दा अग्लो चुचुरो चाकाडाँडा र दक्षिणमा रामारोशन गाउँपालिकाको अल्लेडी भन्ने क्षेत्र रहेका छन् ।यहाँ साना ठूला गरी १२ वटा तालहरु (बाह्र वण्ड) र १८ वटा रमणीय मैदानहरु (अठार खण्ड) रहेका छन् । स्थानीय भाषामा यसलाई बाह्र वण्ड अठार खण्ड पनि भन्ने चलन छ । धार्मिक रुपमा हेर्ने हो भने यसको आफ्नै विशेष महत्व रहेको छ ।

    यहाँका रहर लाग्दा जमिनका फाँटहरु, मनमोहक तालहरु, अनेक थरीका फूलहरु, तालमा पौडिरहेका जलहाँसहरु, राष्ट्रिय पंछी डाँफे, मुनाल, चराचुरुंगी र अन्य दुर्लभ वन्यजन्तुहरु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरुको उपस्थिति नै यस जिल्लाको पर्यटन विकासको स्तम्भ हो ।जनश्रृती अनुसार कसैले यसलाई प्रकृतिकी रानी भन्दछन् भने कसैले यसलाई प्रकृतिको स्वर्ग पनि भन्दछन् । दूर्गम पहाडी खोंच भित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशन क्षेत्र भित्र विभिन्न ताल, मैदान, पाटन, हरियाली जंगल, पहाडी चुचुराहरु, जंगली जनावर, चराचुरुङ्गी, फूलहरु, विभिन्न खालका जडिबुटीहरु, झरनाहरु, ठूलठूला ढुंगाहरु र गुफाहरु रहेकाछन ।

    यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र मानिएको उक्त तालको आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन–५ अमर साउदले बताए । “साना ठुला गरी १२ ताल र १८ पाटन खण्ड छन्”, उनले भने, “यो क्षेत्र १२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ । संरक्षण नहुँदा यहाँका ताल सुक्दै गएका छन् ।”

    यहाँका प्रमुख तालमा जिगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका वडाध्यक्ष केशरबहादुर शाहले बताए । उनका अनुसार तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन् ।

    “तालहरुको संरक्षण हुन नसक्दा ताल पुरिन थालेका छन्”, वडाध्यक्ष शाहले भने, “अहिले पर्यटन पूर्वाधार विकासका काम भइरहेकाले तालको पनि संरक्षणमा जोड दिएका छौँ ।”

    अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृति प्रेमीका लागि सुन्दर र रमणीय रहेको भन्दै कालीकोटबाट रामारोसन जोड्ने पर्यटकीय सडक निर्माण भइरहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।

    “रामारोसन र बडिमालिकालाई पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माण गरिरहेका छौँ”, उनले भने, “यो क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको छ । यहाँका पचाल झरना बडिमालिका, रारातालसँग पर्यटन मार्ग बनाउन लागेका छौँ ।”

    बाह्र तालमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा र १८ खण्डमध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट अन्यभन्दा आकर्षित र मनमोहक रहेका रामारोसन–५ का खड्क रोकायाले बताए ।

    “उत्तरी खण्डको चट्टानी पहाडले झन आकर्षक छ । घना जङ्गलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिजलगायत चराचुरुङगी, कस्तुरी बाघ, भालु, मृगलगायत वन्यजन्तु, पाँचऔँले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन्”, उनले भने । रोकायाका अनुसार गर्मीको समयमा तराईबाट गर्मी छल्न रामारोशन क्षेत्र आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

    अहिले रामारोसन ताल छेउमा केही होटेल व्यवसाय सञ्चालन भइरहेकाले विगतको भन्दा बढी पर्यटक आउने गरेका गाउँपालिकाका पूर्वउपाध्यक्ष सरस्वती रावलले बताए । “आन्तरिक पर्यटक केही मात्रामा आउने गरेका छन्”, उनले भने, “अझैँ पनि बाह्य पर्यटक ल्याउन सकिएको छैन । यसको प्रवर्द्धन गर्न सके पश्चिम नेपालकै पर्यटकीय गतिविधि बढ्दै जाने थियो ।”(जोय नेपाल)

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer