• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार ०७, २०८३
☰
आइतबार, असार ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रामेछापमा फस्टाउदै टिम्मुर खेती, किसान ढुक्क,”न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर”


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । बहुउपयोगी मसला र आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग हुने टिम्मुरको खेती नेपालमा करिब ८०० मि देखी १८००/२००० मिटर सम्मको उचाईमा हुने गरेको पाईन्छ । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ?

    Advertisement

    अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जत्र् िउब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा बिक्री नभए विदेशमा हुन्छ, त्यो पनि राम्रो मूल्यमा ।

    काम गर्ने मानिस नहुँदा पहाडका जमिनहरू दिनदिनै बाझिँदै छन् । त्यस्तो जमिनमा एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने बिरुवा टिम्मुर लगाउने हो भने निरन्तर आम्दानी हुन सक्छ ।

    यस्तै एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदर लगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको छ ।

    बहुउपयोगी मसला र आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग हुने टिम्मुरको नेपाल र चीन लगायतका अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको छ ।

    टिम्मुरको खेती बेसीदेखि माथिल्लो लेकाली भेगमा समेत हुने गरेको छ । तथापि गुणस्तरको हिसाबले जति माथिल्लो भागमा उत्पादन भयो त्यति नै गुणस्तरीय हुने विश्वास गरिन्छ ।

    रामेछापको खाँडादेवी गाउँपालिकामा पनि टिम्मुरको राम्रो उत्पादन हुने गरेको खाँडादेवी गाउँपालिका–८ का किसान सिंहबहादुर तामाङ बताउँछन् । एक पटक लगाएको टिम्मुरको बोटले ३) वर्ष बढी उत्पादन दिने तामाङको भनाइ छ । उनको बारीमा लगाएको एउटा बोट टिम्मुरले लगातार २५ वर्षदेखि उत्पादन दिँदै आएको छ ।

    उत्पादित टिम्मुर गाउँबाट नै ५ सय रुपैयाँ मानाको दरले बिक्री हुने उनले बताए । एउटा बोटमा दुई पाथी बढी टिम्मुर फल्ने र त्यसबाट ७ देखि १० हजार रुपैयाँ आम्दानी गर्न सकिन्छ ।

    तामाङले टिम्मुरका फल मात्र होइन बिरुवा समेत उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । एउटा बिरुवा ५० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताए । टिम्मुरको बिरुवाका माग गाउँमा नै उच्च रहेको उनको भनाइ छ । ‘यस वर्ष ५ सय बिरुवा उत्पादन गरेको थिएँ, सबै सकियो’, उनले भने ।

    किसानको मागलाई ध्यानमा राखी खाँडादेवी गाउँपालिकाले पनि वन कार्यालयसँग समन्वय गरेर यस वर्ष केही टिम्मुरका बिरुवा वितरण गरेको छ । तर किसानको माग अधिक भएकोले माग अनुसारका बिरुवा पुर्याउन नसकेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

    टिम्मुरका दानालाई टिपेर सुकाएपछि लामो समयसम्म भण्डारण गरेर राख्न पनि सकिन्छ । त्यसैले यो तुरुन्तै बिक्री भएन भन्ने डर पनि हुँदैन । भण्डारण गरेर उपयुक्त र राम्रो भाउ आएको समयमा यसलाई बिक्री गर्न सकिन्छ (कृषि सूचना) ।

     

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ७ गते (२१

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: असार २०८३

    • ७.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer