• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सद्भावको पर्व यार्तुङ मनाईदै मनाङमा


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिमाली जिल्ला मनाङमा सद्भावको पर्वका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ ।

    Advertisement

    माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा यार्तुङ पर्व पाँच दिनसम्म मनाउने गरिन्छ । विशेषगरी लामाले नाचेर पर्व मनाउने गरिन्छ । मनाङ ङिस्याङका सबैले खेती रोपिसकेपछि यार्तुङ पर्व मनाइन्छ ।

    मनाङवासीले घोडालाई भगवान्का रुपमा पुज्ने गर्दछन् । यो खेतीपाती लगाउने याम सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रुपमा पुजिने पर्व हो । घोडालाई मनाङमा महत्वपूर्ण साधनका रुपमा लिइन्छ । यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन गर्ने मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङले बताए ।

    “वर्षा याममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्व तथा विशेषता हो”, उनले भने । यसले यहाँ आउने पर्यटकलाई आकर्षित गर्छ । यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउन टेवा पुगेको उनको भनाइ छ ।

    यार्तुङ पर्वका माध्यमबाट गाउँ, समाज र व्यक्तिबीच एकापसमा सामाजिक सद्भाव कायम हुने मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै अन्य स्थानमा यार्तुङ सुरु गर्ने चलन रहेको छ । “पहिलेको तुलनामा यार्तुङमा युवाको सहभागिता कम हुँदै गएको छ”, उनले भने । तर पनि निरन्तरता मनाङवासीले दिइरहेकै छन् । सामाजिक मूल्यमान्यताको पर्वलाई लोप हुनबाट जोगाउने प्रयास गरिरहेको उनको भनाइ छ ।

    मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाङमा मनाउने चलन हटेको स्थानीय बताउँछन् । यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । जसले गर्दा यस पर्वलाई संरक्षण तथा निरन्तता दिनुपर्ने देखिन्छ । मनाङका वेषभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु मनाङीको कर्तव्य हो । यस संस्कृतिका माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्ने उनीहरुको बुझाइ छ ।

    बर्सेनी मनाङमा घोडा घट्दै गएको वडाध्यक्ष गुरुङले बताए । “पहिले घरघरमा दुई÷तीन वटा घोडा पालिन्थ्यो । हरेक सामान ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो । अहिले सवारीसाधन आएपछि घोडाको प्रयोग घट्दै गएको छ । घोडापालन नै घट्दै गएको पाइन्छ । यसको कमी यार्तुङ पर्वमा प्रत्यक्षरुपमा देखिन्छ”, उनले भने ।

    सडक नपुगेको अझै पनि घोडा नै प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमिमा सडक पुगेको छैन । पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो ताल, अन्नपूर्ण पदमार्गअन्तर्गतको ५४१६ मिटर थोराङ्ला भञ्ज्याङ जान चाहने पर्यटकलाई पु¥याउन घोडाको नै प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रुलाई घोडाका माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पु¥याउने गरिएको छ ।

    हालसम्म सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका बासिन्दाको मुख्य सवारीसाधन घोडा नै हो । “सामग्री ढुवानी तथा आवतजावतका लागि स्थानीयले घोडाको प्रयोग गर्ने गर्छन्”, वडाध्यक्ष गुरुङले भने । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान घोडाको प्रयोग गर्दै आएका छन् ।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer