काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’ क्लस्टर ६ अन्तर्गत रहेका २६ वटा क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा क्लस्टर प्रमुख देबेन्द्र सारु मगरको संयोजनमा आयोजित पदस्थापन कार्यक्रम ऐतिहासिक बनेको थियो। कार्यक्रम रोचक र ऐतिहासिक यसकारणले पनि बनेको थियो कि नेपाली चलचित्रमा जीवन्त अभिनय गर्ने सर्वोत्कृष्ट नायक सरोज खनाललाई भित्राउँदै लायन्स क्लब अफ काठमाडौं हेरिटेजको समुद्घाटन गरिएको थियो।
डिष्ट्रिक्ट गभर्नर अर्यालले नायक खनाललाई फूलमाला लगाएर लायन्स क्लबमा स्वागत गरेका थिए। यसै अवसरमा उहांलाई सम्मान पनि गरिएको थियो। सम्मान पश्चात् बोल्दै उहांले “हजुरहरु यतिधेरै आवद्ध रहनु भएको लायन्स क्लबमा म आफूलाई समाहित गर्न पाउँदा मेरो पूनर्जन्म भएको महसुस गरेको छु। अघि बोल्ने साथीहरूले ठूल्ठूला प्रतिबद्धता गर्नुभएको सुने खुशी लाग्यो, यो प्रतिबद्धता कुनै पक्षले गरेको जस्तो आश्वासनमा मात्रै सिमित नहोस्।”
यो देश बदल्नु छ, रुपान्तरण भनाईमा नभएर व्यवहारमा हुनुपर्ने बताउँदै सम्पूर्ण नेपालीको मुहारमा खुशी ल्याउन आफू लायन्स क्लबमा आवद्ध भएको स्पष्ट पार्नुभयो। डिष्ट्रिक्ट गभर्नर अर्यालले ल्याउनु भएको थिम ‘टुगेदर वी क्यान’ बाट आफू प्रभावित भएको र त्यसैले लायन्स क्लबको पनि डिष्ट्रिक्ट ३२५ ‘एम’ मा जोडिन आएको उनले बताए।
प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर चण्डी अर्याल रहनु भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीको अध्यक्ष सरला रिजालको अध्यक्षता र दोस्रो सेसनको अध्यक्षता केशब बस्नेतले गर्नुभएको थियो भने झण्डाको अभिवादन जोन चेयर पर्सन कमल बहादुर खत्रीले गर्नुभएको थियो भने बद्रीनाथ खनालले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा दुई लायन्स क्लब र एक लियो क्लबको समुद्घाटन गरिएको थियो । नयाँ क्लब लायन्स क्लब हेरिटेजका अध्यक्ष हेम छेत्री र लायन्स क्लब सर्भेयरका अध्यक्ष ई. सुन्दर देवकोटाले आफुहरु लायन्स क्लब मार्फत समाजसेवामा जोडिन पाएकोमा गर्व लागेको बताउनु भयो ।
लायन्स क्लब अफ काठमाडौं टि कपनद्वारा स्पोन्सर गरिएको तथा संयोग पन्तको अध्यक्षतामा स्थापना गरिएको लियो क्लब अफ काठमाडौं टि कपन, लायन्स क्लब अफ पोखरा भृकुटीले स्पोन्सर गरेको लायन्स क्लब हेरिटेज र साझा फूलबारीद्वारा स्पोन्सर गरिएको लायन्स क्लब सर्भेयर नेपालको समुद्घाट्न गरिएको हो।
कार्यक्रमको आयोजक कमिटीमा रिजन चेयरपर्सन रामशरण ढकाल, सन्तोष अधिकारी, बद्रीनाथ खनाल, जोन चेयरपर्सन कृष्ण कमल खत्री, रामकुमार मानन्धर , सुमन दहाल, राजेन्द्र महर्जन, संजय लामा, रत्न श्रेष्ठ रहेका थिए।
काठमाडौं बसुन्धरास्थित दियालो फुडल्याण्ड कार्यक्रम स्थल रहेको ऐतिहासिक समारोहमा डिष्ट्रिक्ट फर्स्ट लेडि मैना अर्याल, निवर्तमान गभर्नर भिमलाल पौड्याल, पूर्व गभर्नर महेन्द्र पौडेल, फर्स्ट भिडिजी धनिराम बराल, सेकेन्ड भिडिजी रत्नप्रसाद पराजुली, पिएमसिसि गिरिधारी शर्मा, न्यू भ्वाइस ईनिसियटिभ चिफ पुष्पा आचार्य लगायत सिनियर लायन्स लिडरहरु, विभिन्न क्लबका पदाधिकारी सदस्यहरु, लियो क्लबका पदाधिकारी सदस्यहरु गरेर करिब २५० जनाको उपस्थिति रहेको जोन चेयर पर्सन कमल बहादुर खत्रीले बताउनु भयो ।
कार्यक्रममा गभर्नर अर्यालले आफ्नो कार्यकाललाई सफल र सुनौलो बनाउन लागी पर्ने क्लबका अध्यक्ष तथा पदाधिकारीलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै शुभकामना दिदै लायन्स लिडरहरुले सेवालाई प्रमुख केन्द्रमा राखेर कार्ययोजना निर्माण र त्यसलाई पुरा गर्न सुझाएका थिए ।
कार्यक्रममा विभिन्न क्लबका निवर्तमान अध्यक्षहरुले आफूले सम्पन्न गरेका महत्त्वपूर्ण योजनाहरुको चर्चा गरेका थिए भने वर्ष २०२४/२५ को लागि अनुबन्धित अध्यक्षले गभर्नरले ल्याएको ‘टुगेदर वी क्यान’ को नारालाई सफल बनाउन स्पस्ट वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले आफ्नो कार्यकाललाई लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यगर्ने क्लब र पदाधिकारीहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’ क्लस्टर ६ अन्तर्गत रहेका २६ वटा क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’ क्लस्टर ६ द्वारा गरिएको क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम उत्कृस्ट रहेको लिडर हरि चन्द्र तिवारीले बताउनु भयो ।




