• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रास्कोट सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले रास्कोटको नगर अस्पतालबाट पनि बिमितलाई उपचार सेवा दिने भएको हो ।

    Advertisement

    स्वास्थ्य बिमा बोर्ड र नगरपालिकाले अस्पतालबाट स्वास्थ्य बिमा सुचारु गर्न सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य बिमा बोर्ड कालीकोट शाखा र नगरपालिका बिच नगर अस्पतालबाट स्वास्थ्य बिमाका बिमितले उपचार गर्न पाउने सहमति भएको हो ।

    स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि भएको सम्झौता पत्रमा अस्पतालका व्यवस्थापक कौशल न्यौपाने, र स्वास्थ्य बिमा बोर्ड कालीकोटका जिल्ला संयोजक सर्पराज रोकायाले हस्ताक्षर गरेका छन् । रोहवरमा नगरका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख जनकराज न्यौपाने, बिमा बोर्डको तर्फबाट नन्दबहादुर मल्ल, बिमा फोकल व्यक्ति हरिप्रसाद पाण्डे छन् ।

    स्थानीय टिकाराज उपाध्यायले स्वास्थ्य बिमा कार्यक्रम लागु हुँदा आफूलाई खुसी लागेको बताउनुभयो । बिमा गरे बापत उपचार गर्न मान्ममा रहेको जिल्ला अस्पतालमा जानु पर्ने अवस्था थियो । अब रास्कोट नगरपालिका सान्नीत्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाका नागरिकले स्वास्थ्य बिमा गरे बापत रास्कोट अस्पतालवाटै सेवा पाउने हुँदा राहत भएको उपाध्यायको भनाइ छ ।

    रास्कोट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न बिमा बोर्डले २०७९ साल देखि प्रयास गरेको थियो । तर नगर सरकारले चासो नदिएका कारणले केही ढिलो हुँदा नागरिकहरू सेवा पाउनबाट वञ्चित हुँदै आएका थिए । पछिल्लो समय नगरप्रमुख धर्मराज शाहीले स्वास्थ्य बिमा गर्ने सहमति जनाएपछि अस्पताल र बिमा बोर्ड सम्झौता गर्न सफल भएको हो ।(गोरखापत्र)

    मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer