काठमाडौं । श्रावण महिना शिवको महिना शिवको महिमा व्यापक हुने महिना । यस महिनामा देशभरको शिवालयहरुमा भक्तजनको व्यापक उपस्थिती रहने गरेको छ । त्यसमाथी झन श्रावण महिनाको सोमवार विशाल पर्व जस्तै हुने गरेको छ, हाम्रो समाजमा । यस्तैमा हरेक शिवालयमा पहिलो भन्दा दोस्रोमा भक्तजनको भिड रहेको र दोस्रोमा भन्दा तेस्रो सोमवारमा भक्तजनको उपस्थिती उल्लेख्य रहेको शिवालयहरुका व्यवस्थापन समितीहरुले बताएका छन ।
यस्तैमा भगवान केदारनाथको शीर भनेर परिचित प्रशिद्द डोलेश्वर तिर्थस्थलमा श्रावण महिनाको तेस्रो सोमवार हिजो पनि ३५ हजार भन्दा बढीको उपस्थिती रहेको मन्दिर व्यवस्थापन समितीका सचिव कविराम थापा बताउनुहुन्छ । उहां भन्नुहुन्छ, “श्रावणको पहिलो सोमवार २५ हजार भक्तजनले डोलेश्वर धामको दर्शन गरेको, दोस्रो सोमवार अझै बढी तिस हजार भन्दा बढीको उपस्थिती रहेको थियो, भने तेस्रो सोमवार हिजो ३५ हजार बढीको उपस्थिति रहेको थियो” । मन्दिर संरक्षण समितीबाट स्वंय सेवक खटाई हरेक लाईनमा बस्ने भक्तजनका लागी कुपन नं समेत उपलब्ध गराईएकोले मन्दिर दर्शनका लागी निक्कै सरल र सहज भएको बताउछन दर्शनार्थी ।
यस्तै भक्तपुर र काभ्रे जिल्लाको सिमानामा रहेको आशापुरी महादेवमा पनि श्रावण महिनाको तेस्रो सोमवार हिजो २५ हजार भन्दा बढीको उपस्थिती रहेको संरक्षण समितीका सचिव लोकनाथ सापकोटा वताउनुहुन्छ । पहिलो र दोस्रो सोमवारको तुलनामा हिजो तेस्रो सोमवार भक्तजनको उपस्थिती निक्कै बढी रहेको बताउदै उहां भन्नुहुन्छ, “एकिन त छैन तर आज आशापुरी महादेवको दर्शन गर्ने भक्तजनहरु २५ हजार माथी रहेको अनुमान गर्न सकिन्छ”। डोलेश्वर महादेवबाट पुर्व तर्फ रहेको आशापुरी महादेव मन्दिर परिसर निक्कै रमणिय स्थानमा रहेको छ ।
यता पुर्वको पशुपतीनाथ भनेर चिनिने खोटाङ हलेसी महादेवमा पनि हजारौ श्रद्दालुहरुको उपस्थिती रहेको संरक्षण समितीका अध्यक्ष गजुरमान राई बताउनुहुन्छ । “वर्षातको मौषम, वाटोघाटोको असुबिधा, खेति किसानीको समय भएर अझै सोचेजस्तो भक्तजनहरुको उपस्थिती हुन नसकेको बताउदै अध्यक्ष राई बताउनुहुन्छ,”प्रतिकुल मौषम हुदाका बखत पनि यसरी हजारौ भक्तजनहरुको उपस्थिती हुनुले पनि भगवान प्रतिको आस्था तथा विश्वास दिनदिनै बढ्दै गएको छ”। खोटाङ्ग हलेसीमा श्रावणको दोस्रो सोमवार ९६०० बढी र तेस्रो सोमवार ११००० वढी स्वदेशी तथा विदेशी दर्शनार्थी आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गजुरमान राईले बताउनु भयो । यसै बिच नगरपालीकाको माग र प्रदेश सरकारको झण्डै १ करोड ४५ लाख सहयोगबाट निर्माण गरिएको दुई हवन कुण्ड श्रावण महिना पारेर हिजो देखि सन्चालनमा ल्याईएको छ ।
यस्तै गुल्मी जिल्लामा रहेको पवित्र तिर्थस्थलमा पनि यो श्रावण महिनामा भक्तजनको विशेष उपस्थिती रहेको संचालक समितीका सदस्य रामचन्द्र पन्थी वताउनुहुन्छ । श्रावण महिना भगवान शिवको बिशेष महिना रहेको यसमा पनि सोमवार भगवान शिवको जन्मवार विशेष रहेकोले अरु दिनको तुलनामा भक्तजनको विशेष उपस्थिती रहने गरेको बताउदै, सदस्य पन्थी भन्नुहुन्छ, पहिलो र दोस्रो सोमवारको तुलनामा हिजो तेस्रो सोमवार दर्शनार्थीहरुको उपस्थिती निक्कै धेरै रहेको थियो । साथै श्रावण महिना विशेष महिना र शिव महिमाको महिना रहेकोले यहि श्रावण २६ गते देखि भार्द्र १ गतेसम्म विशाल यज्ञ/ सप्ताह लगाउन लागिएको बताउदै सदस्य पन्थी सम्पुर्ण भक्तजनहरुलाई निम्ता गर्दै, यो शुभ समयमा गुल्मी जिल्लाको भ्रमण गर्न र सप्ताह महायज्ञमा सरिक हुन आव्हान समेत गर्नुहुन्छ ।
यस्तै उता अर्धाखाचीको प्रसिद्र धार्मिक स्थल सुपा देउरालीमा मां भगवतीको दर्शन गर्ने भक्तजनहरु दिनप्रतिदिन बढ्दै गएको समितीका सचिव हरि खनाल वताउनुहुन्छ । वर्षातको समयका बाबजुध पनि दैनिक हजारौ भक्तजनहरु सुपा देउराली दर्शन गर्न आउने गरेको समितीका सचिव बताउनुहुन्छ ।
यस्तै पोखराको धार्मिक तथा पर्यटकिय स्थल ठुला महादेव पुम्दी-भुम्दिमा श्रावण महिनाको दोस्रो सोमवार विस हजार भन्दा बढी भक्तजनहरुको उपस्थिती रहेकोमा तेस्रो सोमवार झनै बढि उपस्थिती रहेको मन्दिरका मुल पुजारी भरत गुरु बताउनुहुन्छ । “मन्दिर दर्शनार्थीहरु पहिलो सोमवार १५ हजारको हाराहारी रहेको, दोस्रो सोमवार २० हजार बढीको उपस्थिती रहेको र हिजो तेस्रो सोमवार २५ हजार बढीको उपस्थिती थियो, भन्दै पुजारी भन्नुहुन्छ सामान्य दिनहरुमा पनि २/३ हजारको उपस्थिती रहने गरेको छ । साथै मुल कर्ता बुद्दि बहादुर थापा रहनु भएको हिजो सांझको महाआरतिमा पनि दर्शनार्थीहरुको उपस्थिती उल्लेख्य रहेको भरत गुरु बताउनु हुन्छ ।
यता हिजो सोमवारकै दिन देशकै गौरब श्री पशुपतीनाथको दर्शन गर्न जाने भक्तजनहरु लाखौको संख्यामा पुगेको मन्दिर व्यव्स्थापन समितीले जनाएको छ ।




