काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर अर्थात नेपाली आकाशमा अवस्थित छँदा आज ५ प्रदेशमा भिषण वर्षा हुने सम्भावना देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
Advertisement
विभागका अनुरा आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




