• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

स्वास्थ्य जीवनका लागी गुणकारी घ्यू खानुका फाईदा जानीराखौं


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । घ्यू खाँदा जति मीठो हुन्छ यो स्वास्थ्यका लागि पनि त्यतिकै गुणकारी रहेको हुन्छ । याद रहोस तर घ्यू शुद्ध हुनुपर्छ । घ्यूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै तपाईंको तौललाई पनि नियन्त्रणमा राख्दछ । यदि तपाईंको आहारमा सही मात्रामा घ्यू समावेश गरिएको छ भने, यो तपाईंको स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ ।

    Advertisement

    शताब्दीयौंदेखि, हाम्रो भान्सामा घ्यूको प्रयोग खानालाई स्वादिष्ट बनाउन र शरीरलाई स्वस्थ राख्नका लागि प्रयोग गरिँदै आएको छ । यदि तपाईंको आहारमा सहीमात्रामा घ्यू समावेश गरिएको छ भने, यो तपाईंको स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार घ्यू खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र तौल पनि नियन्त्रणमा रहन्छ । तर, जसरी कुनै पनि वस्तुको अत्याधिक सेवनले ज्यान लिन्छ, त्यसैगरी घ्यूलाई पनि आहारमा सीमित मात्रामा समावेश गर्नुपर्छ ।

    घ्यूमा (कन्जुगेटेड लिनोइक एसिड) सिएलए हुन्छ, जुन एक प्रकारको फ्याटी एसिड हो र यसले बोसो घटाउन मद्दत गर्छ । एक अध्ययनले देखाएको छ कि सिएलएले शरीरको बोसो घटाउन र वजन बढ्नबाट रोक्न मद्दत गर्दछ । सिएलएले जमेको बोसो पग्लन र फ्याट कोशिकाहरूको आकारलाई पुनस्र्थापित गर्न मद्दत गर्दछ । यदि तपाईको शरीरमा छिट्टै बोसो जम्मा हुन थाल्छ भने घ्यू उपयोगी हुन सक्छ ।

    तौल घटाउनुका साथै घ्यूले पाचन प्रणालीलाई पनि सुधार्न मद्दत गर्छ । घ्यूको सेवनले कब्जियत र एसिडिटी जस्ता समस्याबाट टाढा राख्छ । साथै, घ्यूसँग कुनै पनि खानेकुरा खाँदा त्यसमा रहेको पोषक तत्वको अवशोषण बढ्छ, जसले गर्दा शरीरलाई पर्याप्त पोषण मिल्छ ।

    रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढी हुँदा मुटुसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने विश्वास गरिन्छ । भारतको नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनद्वारा प्रकाशित वैज्ञानिक अनुसन्धानका अनुसार घ्यूले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ ।

    घ्यूको सेवनले भोक पनि कम गर्छ र लामो समयसम्म पेट भरिराख्छ । यसबाट तपाईंलाई बारम्बार भोक लाग्दैन र तपाईं धेरै खाने कुराबाट बच्न सक्नुहुन्छ । साथै घ्यूको सेवन गर्नाले लामो समयसम्म शरीर ताजा महसुस हुन्छ ।

    कार्बोहाइड्रेटले शरीरमा रगतमा चिनीको मात्रा बढाउने वा घटाउन सक्छ । तर, घ्यू एक बोसो हो जसले शरीरलाई ऊर्जा प्रदान गर्छ । यस उर्जाका कारण भोक पनि कम हुन्छ र बोसोयुक्त खाना खाने इच्छा रहँदैन ।

    तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ ।

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer