• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वराहक्षेत्र धाममा वराह जयन्ती मनाइयो


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । वराह भगवानको जन्म जयन्ती मनाइएको छ । वराहक्षेत्र १ स्थित कोकाह कौशीकीको सङ्गममा अघिल्लो दिन साँझ महाआरती गरी आज वराह जयन्तीको मङ्गल यात्रा र उत्सव गर्दै भगवान् वराहको जन्म उत्सव मनाइएको हो ।

    Advertisement

    श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ । वराह भगवानको उत्पत्ति भएको दिनको अवसरमा वराहक्षेत्र मन्दिरमा प्रातकालीन भगवानको स्नान यात्रा, दुग्ध अभिषेक र विशेष पूजा अर्चना गरी मनाइएको छ । भेला भएका भक्तजनहरूले वराह भगवानको अर्चना गरी भगवानप्रतिको भक्तिभाव दर्साएका छन् ।

    नेपालका ऐतिहासिक महत्त्व बोकेको धार्मिक क्षेत्रमध्ये वराहक्षेत्र धाम पनि एक हो । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जङ्गली जनावरको रूप धारण गरी बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

    मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चनासहित विशेष पूजा गरेर भगवान् बराहको जन्म उत्सव मनाइएको छ । प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको जन्म जयन्तीको दिन ह्श्गवानको नाममा व्रत बस्ने, भगवानको आराधन र अर्चना गरे मनोकामना पुरा हुने जनविश्वास रहिआएको बताइन्छ ।

    हिन्दु धर्मावलम्वीहरुले आजको दिन व्रत बसेर भगवान् बराहको पूजा गर्ने प्रचलन रहेको छ । श्रद्धालु भक्तजनहरूले आज व्रत बसेर पूजा गरे आफ्ना मनोकामनाहरू पुरा हुने विश्वासका साथ भक्तजनहरू शरीर शुद्ध गरेर उपवासना बस्ने गरेका छन् । वराह जयन्ती मनाउनलाई स्थानीयमात्र नभई टाढाटाढाबाट पनि भक्तजन आउने गरेका छन् । यसले धार्मिक पर्यटनको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्ने उत्सवमा सहभागी हुनु भएका इटहरीबासी कृष्णविनोद लम्सालले बताउनुभयो ।

    भगवान् विष्णुको १० अवतारमा पहिलो अवतार मत्स्य अर्थात् माछा, दोस्रो अवतार कूर्म अर्थात् कछुवा, तेस्रो अवतार भगवान् वराह, चौथो अवतार नृसिंह, पाँचौँ अवतार वामन, छैटौँ अवतार परशुराम, सातौँ अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कल्की रहेको ब्रह्मपुराण, वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत महिमा गाइएको छ ।(गोरखापत्र)

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer