• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डिष्ट्रिक्ट ३२५ एम नेपालको प्रथम क्याविनेट बैठक सम्पन्न


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको प्रथम क्याविनेट बैठक सम्पन्न भएको छ । उक्त प्रथम क्याविनेट बैठक काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा भएको कार्यक्रमका संयोजक लायन लिडर यमुना भण्डारीले बताउनु भयो ।

    Advertisement

    लायन्स अन्तराष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम डिष्ट्रिक्ट ३२५ एम का डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी लायन बालकृष्ण वुर्लाकोटीले सामाजिक सेवाको अन्तराष्ट्रिय संस्था लायन्स ईन्टरनेशनलमा समेत नेपाली लायनिजमको बारेमा चर्चा हुने गरेको बताउदै, सेवाका कार्य र सदस्यता वृद्दीको कामले नै हामी लायन्स ईन्टरनेशनलमा चिनिएको बताउदै उहांले अन्तराष्ट्रिय जगतमा पुर्व लायन लिडरहरुले स्थापीत गराईदिएको विरासत जोगाउने जिम्मा अब हामि हरेक लायन सदस्यको काधमा आएको बताउदै, लायन्स अन्तराष्ट्रियको मर्म र भावना अनुसार नेपाली लायन्सहरुले अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा उहांले डिष्ट्रिक्टका सम्पुर्ण सिनियर लायन लिडरहरुलाई सपथ ग्रहण समेत गराउनु भएको थियो ।

    कार्यक्रममा पुर्व लायन्स अन्तराष्ट्रिय डाईरेक्टर संजय खेतान, पिएमसिसिहरु राजन लम्साल, गिरीधारी शर्मा, नेपाल स्थित अन्य डिष्ट्रिक्टका गभर्नरहरु, प्रथम र द्वितिय भाईस डिस्ट्रिक्ट गभर्नरहरु, पुर्व गभर्नरहरु लगायत उच्च नेपाली लायन लिडरहरुको उपस्थिती रहेको थियो ।

    ९०० जना बढीको उपस्थिती रहेको यस प्रथम क्याविनेट बैठक सहभागीता र ब्यवस्थापकीय दुबै हिसावले ऐतिहासिक रहेको द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर रत्न पराजुलीले बताउनु भयो ।

    कार्यक्रममा बिभिन्न सहयोगी व्यवसायीक संघ/ संस्थाहरुद्वारा उपस्थित लायन लिडरहरुका लागी बिबिध किसिमका ईनडोर पुरस्कारहरु वितरण गरिएको थियो । कार्यक्रमलाई थप आकर्षक बनाउन वेलकम ईन्टरनेशनल, रोयल सुज, पोखरा र सौराहाका रिसोर्ट, पौवा होटल सिन्धुली लगायतले स्पोन्सर गरेका थुप्रै उपहार चिठ्ठाहरु कार्यक्रमको बिचबिचमा सहभागीहरु समक्ष प्रतक्ष्य खोली उपहार प्रदान गरिएको थियो भने सहभागी सविन पन्तलाई लायन्स ईन्टरनेशनलको आगामी वर्ष मेक्सिकोमा हुने १०७ औं कन्भेन्सनमा सहभागी हुन, २५०० डलर भन्दा बढीको चिठ्ठा उपहारमा परेको थियो ।

    कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले आयोजक क्लव लायन्स क्लव अफ काठमाडौ रेसुङ्गालाई धन्यवाद दिदै कार्यक्रमकी सॅयोजक यमुना भण्डारीलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर अर्यालले आफ्नो शुरुवाती कार्यकालमा डिस्ट्रिक्टमा रहेर बिबिध बिधामा उत्कृष्ट योगदान गर्ने लायन लिडरहरुलाई मेडल तथा पिनद्वारा सम्मान गर्नु भएको थियो । कार्यक्रममा आयोजक क्लब रेसुंगाको तर्फबाट सबैभन्दा धेरै रजिस्ट्रेशन गर्ने क्लव, सबैभन्दा पहिला रजिष्ट्रेसन गर्ने क्लव लगायत बिबिध बिधामा सहयोगी क्लबहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    यसैगरी प्रथम क्याविनेट बैठकमा धेरै भन्दा धेरै सदस्यहरुको रजिस्ट्रेशन गरेर आयोजकलाई सहज परिस्थिती निर्माण गर्न सहयोग गर्ने, उत्कृस्ट क्लस्टर, रिजन, जोनका साथै वागमती र गण्डकी क्षेत्रका क्लवहरुलाई डिस्ट्रिक्ट सेक्रेटरियट एडभाईजर हरि चन्द्र तिवारीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

    विश्वकै एकमात्र विशाल मानवीय सेवाको संस्था लायन्स ईन्टरनेशनलको सदस्य बन्न पाएको खुशी व्यक्त गर्दै नेपाली सिने जगतका चर्चित नायक सरोज खनालले आफु, शताव्दीमा लायन्स पुस्तकका लेखक तथा पोखरा महानगरका प्रमुख श्री धनराज आचार्यको सामिप्यता तथा हौसलाबाट यस पवित्र संस्थाको सदस्य बनेको बताउदै, यस क्याविनेट बैठकमा कि-नोट स्पिकरका रुपमा उपस्थिती हुन पाउदा निक्कै खुशी लागेको बताउनु भयो ।

    डिस्ट्रिक्ट ३२५ एमका सचिव शिवराज आचार्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा निवर्तमान गभर्नर भिमलाल पौड्याल, पुर्व गभर्नरहरु महेन्द्र पौडेल, गिरीधारी शर्मा, धनराज आचार्य लगायतका लायन लिडरहरुको सहभागिता रहेको थियो ।

    लायन्स ईन्टरनेशनलको हरेक डिस्ट्रिक्टमा एक वर्षको कार्यकाल रहने र उक्त एक कार्यकालमा चारवटा क्याविनेट बैठक हुने गर्दछन । स्मरण रहोस नेपालमा १५ वटा डिस्ट्रिक्ट रहेका छन भने ति प्रत्येक डिस्ट्रिक्टले ४/४ वटा क्याविनेट बैठक आयोजना गर्ने गर्दछन ।

     

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer