• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बालन नाच संरक्षणमा जुटे युवा


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

    Advertisement

    ब्राह्मण, क्षेत्रीबाहेक अन्य समुदायमा कम प्रचलित बालन नाच देवीदेवताको १० अवतारमा आधारित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णन बालनमा गरिन्छ । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन नाच नेपाली समाजमा विशेष आकर्षणका रूपमा रहदै आएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णजी प्रभुका अनुसार बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का १० अवतारलाई लिइन्छ । बालन नाच विशेष गरी गण्डकी सभ्यताको विकास सँगसँगै भगवान्का बाललीलाको अवगाहन गराई समस्त दुःखपीडा र अशान्तिबाट मुक्ति दिने बालनको संरक्षणका लागि वैष्णव संस्कृतिको उद्गम भूमि गण्डकी तटीय क्षेत्रका भक्त लागिपरेका हुन् ।

    बालन टोलीमा बालन गाउने र नाच्ने समूह बनाइन्छ । बालनको पहिलो चरणमा भगवान्को आरतीबाट सुरु गराएर देवीदेवता जगाउने गरिन्छ । बालन गायन र नृत्यसँगै अत्यन्त रमाइलो लाग्ने हुनाले यस क्षणमा भगवान्का अवतारको अभिनय गरिने चैतन्य कृष्णको भनाइ छ ।

    कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ । लामो गायन तथा नाच देखाउनका लागि धेरै झन्झटिलो हुने हुँदा अहिलेका पुस्तामा खासै आकर्षण बन्न सकेको छैन । त्यसैले लोप हुन लागेको बालन नाचको संरक्षणका लागि कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले युवालाई सक्रिय बनाएको हो । बालनमा रामचरित्र, कृष्णचरित्र, १० अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरि बालनले फूल अक्षता चढाएर आशीष दिँदै बालन टुङ्ग्याइन्छ । लयबद्ध गाइने बालन धार्मिक गीत धेरै नै लामो हुन्छ । नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष बालनको संरक्षणका लागि तीन तहकै सरकारदेखि सरोकारवाला निकायले महत्व दिनुपर्ने चैतन्य कृष्ण बताउनुहुन्छ ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer