• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

भुम्लुमा मासियो माझीले पितृ नचाउने थलो


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुका माझीले हरेक वर्ष दसैँको टीकाको अघिल्लो दिनदेखि टीकाको पर्सिपल्टसम्म पितृ नचाउने गर्छन् । ठाँटीडाँडामा रहेको सो स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको सांस्कृतिक कर्ममा समस्या भएको छ ।

    Advertisement

    भुम्लु गाउँपालिका–६, कोलाँती भुम्लु तल्लो गाउँका माझी आफ्नो ऐतिहासिक धरोहर गुमेकोमा चिन्तित छन् । कोही नयाँ मान्छे देख्नेबित्तिकै उनीहरूको गुनासो ठाँटीडाँडा चौर मासिएर पोखरीको खाल्डो खनेकामा नै हुने गरेको छ ।

    स्थानीय पुरुषोत्तम माझी पुर्खाहरूकै पालादेखि ठाँटीडाँडामा पितृ नचाउँदै आएको बताउनुहुन्छ । ठाँटीडाँडामा पोखरी निर्माण भएपछि भने आफूहरूलाई पितृ नचाउने ठाउँको अभाव खड्किएको उहाँले बताउनुभयो ।

    पितृ नचाउने भनेको माझी जातिको मृत्यु संस्कार हो । मृत व्यक्तिको सम्झनामा हरेक वर्ष नवमीको दिनदेखि टीकाको भोलिपल्टसम्म पितृ नचाइने गरेको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा दसैँ टीकामा हुने यो कार्य अरू जिल्लामा भने सोह्रश्राद्धको समयमा गरिन्छ ।

    पहिलो दिन पितृ बोलाउने, दोस्रो दिन नचाइने र तेस्रो दिन खोलामा बगाइने प्रचलन छ । यी तीन दिनलाई ‘पितृ नचाउने’ भनिन्छ । पितृ नाच्ने ठाउँ नै मासिएपछि माझी समुदायमाथि गाउँपालिकाले नै सांस्कृतिक थिचोमिचो गरेको महसुस उनीहरूले गरिरहेका छन् ।

    खोलामा पुल बनेपछि डुङ्गा तार्ने पेसा सङ्कटमा परेको बुझेका माझीहरू खोलामा क्रसर बनेर आफ्नो अधिकार क्रमशः खोसिएको बताउन थालेका छन् । त्यस्तै अनावश्यक योजनाले आफ्नो ऐतिहासिक थलो मासिएको चिन्ता उनीहरूलाई छ ।

    सो ठाउँमा कहिलेदेखि पितृ नाच्न थालेको भन्ने उनीहरूलाई नै थाहा छैन । परापूर्वकालदेखि सो स्थानमा सो ‘पितृ नाच्ने’ गरिएको इतिहास छ । स्थानीय माझी समुदायको परम्परादेखि पितृ नचाउन प्रयोग गर्दै आएको भूमिमा गाउँपालिकाले आकासेपानी जम्मा गर्न पोखरी खनेको हो तर त्यो अहिले पनि अलपत्र छ । आर्थिक वर्ष २०७६/७७ मा दुई लाख रुपियाँको परियोजनाले माझी समुदायको सांस्कृतिक धरोहर मासिँदा स्थानीय निराश बनेका छन् । कोलाँती भुम्लु तल्लो माझीगाउँमा वर्षौंदेखि माझीहरू बस्दै आएका छन् । हाल त्यहाँ ३१ घरधुरी माझी छन् । प्रायः युवा वर्गले शिक्षा, रोजगारी र अन्य कारणवश गाउँ छाडेका छन् तर चाडपर्व मनाउन भने सबै गाउँमा नै आउने गर्छन् ।

    स्थानीय माझी अगुवा सावित्री माझीको संयोजकत्वमा पोखरी पुर्न सङ्घर्ष समितिसमेत गठन भएको छ । राज्यले लगानी गरेको ठाउँमा पुर्दा कानुनी कारबाही हुन सक्ने भएकाले प्रशासन, मानव अधिकारसम्बन्धी संस्थालाई जानकारी गराउने संयोजक सावित्रीले बताउनुभयो ।

    केही वर्षयता भने आफूहरूलाई पितृ नचाउने ठाउँको अभाव भएकोमा उहाँलाई निक्कै चिन्ताले सताएको छ । माझी समुदायमा पितृ नचाउने कार्यले निकै ठुलो महत्व राख्ने उहाँले बताउनुभयो । यो विषयलाई लिएर गाउँपालिकासम्म पुगे पनि समस्या समाधान नभएको उहाँको गुनासो छ ।

    माझी समुदायलाई पूर्वजानकारी नगराई आफूहरूले पुर्खादेखि भोगचलन गर्दै आएको सांस्कृतिक भूमिमा पोखरी खनेर अलपत्र पार्नु उचित नभएको नेपाल माझी उत्थान सङ्घको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले बताउनुभयो ।

    सो वडाका वडाध्यक्ष भरतबहादुर शिवभक्ति भने माझी समुदायको सहमतिमा नै पोखरी खनिएको दाबी गर्नुहुन्छ । उहाँले आफूसँग सो समयको सबै म्याइन्युट रहेको र सो गाउँमा बस्ने सबै समुदायले हस्ताक्षर गरेको बताउनुभयो । “मैले माझीको ऐतिहासिक पितृ नाच्ने ठाउँ मासेर के पाउँछु र ? उहाँहरूले पोखरी बनाउने प्रस्ताव ल्याएपछि योजना बनाएको हुँ,” उहाँले स्पष्ट पार्नुभयो ।

    भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले पोखरी खनिएकोबारे माझी समुदायबाट त्यस्तो गुनासो नआएको दाबी गर्नुभयो । उहाँले के भएको रहेछ भनेर जानकारी लिने बताउनुभयो ।(गोरखापत्र)

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer