काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मुलखर्कमा शुक्रवार दिउँसो धौलागिरि हिमालबाट खसेर बोक्सीखोलामा थुप्रिएको हिउँ पहिरो पग्लिएर पानी बग्न थालेको छ। धौलागिरि हिमालबाट खसेको हिउँ पहिरो खोँचमा जम्माहुँदा बोक्सीखोला थुनिएको थियो।
Advertisement
हिउँ पहिरो खसेको र खोला थुनिदा तल्लो क्षेत्रमा रहेका नौ घर जोखिममा परेकाले स्थानीय प्रशासनले ती घरमा रहेका स्थानीयलाई अन्यत्र सारेर घर खाली गराएको थियो। हिउँ पहिरोका कारण तल्लो तटीय क्षेत्रमा जोखिम हुनसक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको थियो।
बिस्तारै जमेको हिउँ पहिरो बग्न थालेको र पानी नजमेकाले जोखिम कम भएको स्थानीय प्रशासनले जनाएको थियो। बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो।




