• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नलगाडमा सरुवा भएर आएका हाकिम बाटोबाटै फिर्ता


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • जाजरकोट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नलगाड नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाट फर्काइएको छ।

    Advertisement

    साउन २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई नगरपालिकाले बाटोबाटै फर्काएको हो।

    बिहीबार नगर प्रमुख डम्बरबहादुर रावतले मन्त्रालयलाई पत्राचार गरेर शाहीलाई फिर्ता पठाएका हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिरी गराउन नसकिने भन्दै पत्र लेखेपछि शाही बाटोबाटै फर्किएका छन्।

    मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगर प्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन्। भट्टराई एक वर्षदेखि नलगाडमा कार्यरत छन् । नयाँ कार्यालय प्रमुख शाही नलगाडवासी नै हुन्।

    जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतलगायत अन्य ठाउँमा बसेर सात वर्षभन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगर प्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेखेका हुन्।

    जुम्लाको गुठीचौर गाउँपालिकामा पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिएका थिए । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दु:ख दिने, कर्मचारीभित्र विवाद ल्याउनेदेखि व्यक्तिगत रिसइवी साँध्नेसम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताए।

    शाहीलाई नगर प्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई आफू नलगाड गएर बिदाइ गर्छु भन्दै आसपास गफ दिएका थिए।

    अन्तिममा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ। हरेक सार्वजनिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली कांग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताए । उपनिर्वाचनलाई रुचाएको हाकिममार्फत सम्पन्न गर्नका लागि नगर प्रमुखले आफ्नो पार्टीनिकट हाकिमलाई निरन्तरता दिन चाहेको एक कर्मचारीले बताए।(जोय नेपाल)

    शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer