काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ६ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
Advertisement
अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरमा अवस्थित छ।
आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




