• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

सामाजिक सञ्जाल संचालनमा नियमन जरुरी


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । मिडिया प्रायः नराम्रो वा नकारात्मक घटनामा केन्द्रित हुने गर्छ । मिडियाले आलोचना बढी गर्ने र नकारात्मक कुरालाई उजागर गर्ने भूमिका खेल्ने गर्छ । यसै सम्बन्धमा डा. जगन कार्की गोरखापत्रमा लेख्नुहुन्छ ।

    Advertisement

    एक सय राम्रा कुरा भएका हुन्छन्, दुई/चार वटा नकारात्मक तथा खराब घटना भएका हुन्छन् । यसका आधारमा देश खतम भयो भन्ने भाष्य निर्माण गरेर कहाँ पुगिएला ? बिहान उठेर सामाजिक सञ्जाल र मिडिया हेरेर धारणा बनाउने अभ्यासले नकारात्मकतातिर डोहो¥याइरहेको छ । बिहान उठेर पत्रिका हेर्दा देशभर सबै खराब मात्र भएको हुन्छ र ?

    परम्परागत प्रिन्ट मिडिया, रेडियो, टिभीमा यस्ता समाचार अलिक ढिलो गरेर जिम्मेवार शैलीमा आउने गर्थे र यसको नकारात्मक प्रभाव कम देखिन्थ्यो । सामाजिक सञ्जालको तीव्रतासँगै रफ्तार बढेको छ । यसर्थ बिहान मिडिया, सामाजिक सञ्जाल खोलेर नकारात्मक ऊर्जा दिमागमा भर्नुअघि आफूलाई सकारात्मक ऊर्जाले भर्न विज्ञले राय दिने गरेका छन् । विभिन्न खोज र अनुसन्धानका अनुसार सामाजिक सञ्जालले डाहा, रिसलाई जगाइदिएको छ । देखासिकीलाई बढी मलजल गरेको छ । यस्ता गतिविधि नै नेपालीमा देखिएको एकप्रकारको ‘मास फ्रस्टेसन’ को एक प्रमुख स्रोतका रूपमा देखिएको छ । अध्ययन अनुसार सकारात्मकभन्दा नकारात्मक समाचार शीर्षकमा बढी क्लिक र सेयर भएको पाइएको थियो ।

    हाल अधिकांश पाठक, दर्शकको समाचार र सूचनाको मुख्य आधार सामाजिक सञ्जाल भएको छ । सञ्जालमा रहेका अत्यधिक सूचना भ्रमपूर्ण हुने गरेको र सही सूचनाभन्दा गलत सूचना छ गुणा छिटो फैलने कुरा अध्ययनले देखाएका छन् । सामान्यतः संयमितभन्दा आक्रामक सूचना धेरै छिटो सेयर हुने र फैलने गर्छन् । जब मानिसमा यस्ता खबर पढ्ने लत बस्छ, यस्ता सूचना प्राप्त गर्ने उत्सुकता पनि बढ्छ र उसले यसका लागि सञ्जाल हेरेकोहे¥यै गरिरहन्छ । यसको फलस्वरूप सामाजिक सञ्जालको कुलत बस्न पुग्छ  । यसरी फेक न्युज, चरित्र हत्या र हावादारी सूचनासँग लत बसेपछि मानिसले विवेक, आत्मनियन्त्रण र सिर्जनशीलता गुमाउन पुग्छ ।

    अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले गरेको मिडिया म्यानिपुलेसन सर्वेक्षण २०२० का अनुसार सार्वजनिक धारणालाई बदल्न संसारभरि प्रजातन्त्रका लागि बढ्दो खतरा हो, जसले सर्वेक्षण गरिएका ८० भन्दा बढी देशमध्ये प्रत्येकमा प्रमाण फेला पारेको छ ।

    सङ्गठित रूपमा सामाजिक सञ्जालमार्फत आममानिसको धारणालाई नै प्रभावित गर्ने, जनमानसमा भ्रम फैलाउने अभियान ८१ देशमा भेटिएका छन्, जुन एक वर्षमा १५ प्रतिशतले बढेको देखिएको थियो । अनुसन्धान अनुसार सन् २०१९ मा ७० देशमा सरकार, सार्वजनिक सम्बन्ध फर्म र राजनीतिक पार्टीले व्यावसायिक स्तरमा नै गलत सूचना उत्पादन गरिरहेको पाइएको थियो । रिपोर्टले गलत सूचना सामान्य रणनीति हुँदै गएको साथै अनुसन्धान गरिएका ८१ मध्ये ७६ देश (९३ प्रतिशतभन्दा बढी) मा राजनीतिक प्रोपगन्डाको हिस्साका रूपमा गलत सूचना प्रयोग भइरहेको छ ।

    सार्वजनिक धारणालाई तोडमोड गरेर भ्रम सिर्जना गर्ने सामाजिक सञ्जालका यस्ता हत्कन्डालाई लोकतन्त्रका लागि बढ्दो खतराका रूपमा हेरिएको छ । सञ्जालमा गलत सूचनाको उत्पादन र वितरण अब पेसा र व्यवसाय नै बनिरहेको छ । यसको कारण स्वार्थकेन्द्रित समूहमा गलत सूचनाको माग हो ।

    नेपालको परिप्रेक्ष्यमा अधिकांश युट्युबर तथा टिकटकर विभिन्न दलका नेताका बारेमा चाहिने नचाहिने कन्टेन्ट निर्माण गरेर भ्रम छर्न लागेको देखिन्छ । अझ बढी भ्युज, लाइक र सेयरका लागि चल्ने कन्टेन्ट बनाउने प्रतिस्पर्धामा केपी ओली, दुर्गा प्रसाई, रवि लामिछाने, गगन थापासम्मलाई प्राथमिकतामा पारिएको देखिन्छ । राजावादीले पनि सङ्गठित रूपमा मिडियामा आफ्नो स्वार्थ अनुसारका पोस्ट बनाउने, सेयर गर्ने र पैसा तिरेर बुस्ट गरेर प्रचार गर्ने गरेको देखिन्छ ।

    सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले गलत सूचना पत्ता लगाउने र नक्कली या काल्पनिक व्यक्ति बनेर गाली गर्ने, आफ्नो नेताको पक्षपोषण गर्नेहरूको खाता छानबिन गर्ने प्रयास बढाउन आवश्यक छ । सोसल मिडियामा आएर गाली बेइज्जती गर्नु, सरकारका मन्त्रीलाई तथानाम भन्नु फेसन र बहादुरीको प्रतीक जस्तो बन्न थालेपछि पछिल्लो अवस्थामा टिकटक बन्द गरिएको थियो । हाल टिकटकले फेकधन्दा बन्द गर्ने करार गरेसँगै पुनः सुचारु हुन दिने भएको छ ।

    सामाजिक सञ्जालमा सर्वसाधारणका आम र यथार्थ धारणालाई गलत सूचनाका माध्यमबाट बदल्ने प्रयास बढेका छन् । सरकार र राजनीतिक पार्टीले निजी क्षेत्रका ‘साइबर सेना’ मा लाखौँ खर्च गरिरहेका छन्, जसले सामाजिक सञ्जालका यथार्थ आवाजलाई निस्तेज पार्ने या आक्रमण गरेर सही सूचना र आवाजलाई गलत र गलतलाई सही बनाउन मलजल गर्ने गर्छन् । नागरिक विचार र भावना हेरफेर गरिएका सन्देश फैलाउने गतिविधिमा दलका स्वयंसेवक, युवा समूह र व्यावसायिक सङ्गठनहरू अभ्यस्त छन् । उनीहरू आफ्ना विचारधारालाई समर्थन र विरोध गर्ने आधारमा कित्ता निर्माण गर्ने गर्छन् ।

    यहाँसम्म कि सरकारी एजेन्सी, राजनीतिक पार्टी र निजी फर्मले सामाजिक मिडियालाई राजनीतिक प्रचार फैलाउन, डिजिटल जानकारी पारिस्थितिक प्रणालीलाई प्रदूषित गर्न र अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई दबाउन पनि प्रयोग गरिरहेको अनुसन्धानले देखाएका छन् । यस गतिविधिको ठुलो भाग व्यावसायिक बनिसकेको छ ।

    नेपालको परिप्रेक्ष्यमा त मिडियाको झन् धेरै दुरुपयोग गरेको पाइन्छ । सामाजिक सञ्जालमा अलिक बढी फलोअर भएकाले भ्रम फैलाउनु पनि भ्रष्टाचारका रूपमा लिने गरिन्छ । एक कामबाट कमाएको फलोअरलाई अर्को काम र उद्देश्यमा प्रयोग गर्नु लोकप्रियताको दुरुपयोग हो, त्यसैले सञ्जालहरूले एक उद्देश्यमा खोलेका पेजलाई अर्को उद्देश्यमा चलाउन प्रतिबन्ध नै लगाएका छन् ।

    फलोअर्स बढाउन हत्कन्डा

    जसको चर्चा चलेको छ, जसको पक्षमा भिडियो बनाउँदा ज्यादा हेरिन्छ, त्यो आधारमा युट्युबर तथा टिकटककर्मीले भिडियो बनाएर हाल्ने गरेका छन । यसैले गर्दा भेलु बाजेदेखि दुर्गा प्रसाईका भिडियो चर्चित छन् । समाचार पढेर युट्युब च्यानल चलाउने र हल्लाखल्लाका विषयलाई ठुलो इस्यु बनाइदिएर अफवाह फैलाउने, एक सन्दर्भमा बोलेका भिडियो काटेर अर्को सन्दर्भ या प्रसङ्गमा राखेर दुष्प्रचार गर्ने कामले पनि नकारात्मकता फैलाइरहेको छ ।

    नक्कली व्यक्ति बनेर आक्रमण

    छट्टुहरू कतिसम्म चलाख हुन्छन् भने दुई/चार वटा फेक एकाउन्टबाट गाली गर्ने अनि कुरा नबुझ्ने सर्वसाधारणलाई त्यस्तै गर्न जोस्याउने गर्छन् । धेरै जसो दलका प्रवासस्थित कार्यकर्ताले नक्कली खाता बनाएर प्रमुख नेतालाई आक्रमणको तारो बनाएको देखिन्छ । जस्तैः रास्वपा र एमालेको तारोमा गगन थापा पर्छन् भने कांग्रेस र अन्य दलको तारोमा रवि लामिछाने पर्छन् ।

    एक नयाँ दलका केन्द्रीय नेताको चार/पाँच वटासम्म नक्कली फेसबुक, ट्विटर, टिकटक पाइएको छ । दलको मुख्य नेताले तलब दिएर नै स्टन्टको युट्युब कन्टेट उत्पादन गर्न लगाउने, विपक्षीलाई आक्रमण गर्न प्रयोग गर्ने गरेको पाइएको छ । सामाजिक सञ्जालबाट नै उदाएका देशविदेशका केही व्यक्तिलाई पार्टीमा प्रवेश गराउनेसमेत गरिएको छ । कतिसम्म भने पैसा खर्च गरेर बनाइएको भेरिफाइड अकाउन्टमार्फत दलका नेताका आलोचकमाथि आक्रमण गर्ने गरेको पाइएको छ । यद्यपि विरोधी बुद्धिजीवी, पत्रकारको लिस्ट बनाएर आक्रमण गर्दैमा जनमत बदल्न सकिने भ्रम पाल्नु जनताको बौद्धिक क्षमता र चेतनाको उपहास हो । यो काम नयाँ भनिएका दलबाट हुनु विडम्बना हो ।

    कमजोरी ढाकछोप गर्न मिडियालाई डिस्क्रेडिट

    आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न मिडियाको विश्वसनीयतामाथि नै हमला गर्दै बदनाम गराइदिने पपुलिस्ट नेतृत्वको अर्को डरलाग्दो प्रवृत्ति हो । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा सर्वाधिक प्रयोग भएको हत्कन्डामध्ये एक मिडियालाई ‘फेक न्युज’ भन्ने आरोप लगाई जनतामा भ्रम छर्ने थियो । उनको त्यस्तो रणनीति अद्यापि कायमै छ ।

    मिडियाका पनि केही कमीकमजोरी अवश्य छन् तर तिनलाई सच्याउने उपाय हुन्छन् । गलत कुराको खण्डन र जनताको खबरदारीले मिडियालाई पारदर्शी र जिम्मेवार बनाउँछन् न कि यति भाइ उति भाइ भनेर गाली गरेर ।

    समाचार लेखाइने, प्रायोजन गराइने र हरेक समाचारलाई नकारात्मक आँखाले मात्र पस्किने निरन्तरको अभ्यासले लेख्नेहरूका मनस्थिति र पढ्नेहरूका खुराक पनि यस्तै खालका हुने देखिन्छ । बोली नक्कल गरेर भिडियोसम्म बनाउने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले डिप फेक भिडियो बनाएर सजिलैसँग नबोलेको र नभएको घटनालाई भएको र बोलेको बनाउनेसम्मका गलत अभ्यास सुरु भएका छन् ।

    सामाजिक सञ्जालले बढाएको पहुँच र चेतनाले पहिलेको तुलनामा नेपालका मूलधारका मिडियाको विश्वसनीयतामा स्खलन आएको देखिएको छ । सामाजिक सञ्जालको तीव्र विकास, प्रसार र प्रभावले अब ठुला मिडियाले छायामा पारिदिने अल्पसङ्ख्यकका खबर या यथार्थ समाचार या ठुला मिडियाले सदियौँदेखि मन परेकालाई पालिस लगाउने र नपरेकालाई राक्षस बनाउने अभ्यास भुत्ते हुँदै गएका छन् । यसको कारणका रूपमा अब जोकोही पनि समाचारको स्रोतसम्म पुगेर सत्यतथ्य पत्ता लगाउन सक्ने सामथ्र्य विकास हुनुलाई प्रमुख मान्न सकिन्छ  ।

    हालै चर्चित सामाजिक सञ्जाल एक्स (ट्विटर) का मालिकले डोनाल्ड ट्रम्पको अन्तर्वार्ता गरेर चुनावलाई प्रवर्धन गर्न खुला अभ्यास थालेपछि सामाजिक सञ्जालको डरलाग्दो दुरुपयोग सामुन्ने आइपुगेको छ । अब सामाजिक सञ्जालका मालिकले देशका चुनाव र जनमतमा खेल्न थाल्ने विकृत अभ्यास सुरु हुने देखिएको छ । यसका लागि सरकार या एकाध पक्षको मात्र प्रयासभन्दा पनि संयुक्त राष्ट्रसङ्घ या अन्तर्राष्ट्रिय विश्वसनीय निकायको अनुगमन र सचेत नागरिकको सशक्त हस्तक्षेपको आवश्यकता देखिएको छ । मिडिया, सामाजिक सञ्जाल र राजनीतिक नेतृत्वले गर्न सक्ने बदमासी र दुरुपयोगबारे जनचेतना, मिडिया र सामाजिक सञ्जाल सदुपयोगको शिक्षा नै यी यावत् समस्याका दीर्घकालीन समाधानका उपाय हुन् ।(गोरखापत्रबाट)

     

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer