• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन २३, २०८३
☰
शनिबार, साउन २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

बाजुराका किसान व्यावसायिक फलफूल खेतीमा


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् । यहाँ उत्पादित स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल आयआर्जनको मुख्य स्रोत बन्ने सम्भावना बढेको छ ।

    Advertisement

    मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएसँगै स्थानीय तहको निर्माण र ग्रामीण बस्ती सडक सञ्जालसँग जोडिएकाले पछिल्लो समय फलफूल खेतीप्रति आकर्षण बढेको हो । स्थानीयले फलफूल खेतीलाई आयआर्जन व्यवसायकै रूपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकाले पछिल्लो समय धेरै किसान फलफूल खेतीतर्फ आकर्षित बन्दै गएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    पहिला पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । कृषिमा आधुनिकीकरण हुन सकेको थिएन । कृषि ज्ञान केन्द्रले पछिल्लो समय साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला, फुजी स्याउका बोट वितरण गरेको छ । मनाङबाट ल्याइएको उन्नत जातको स्याउका कारण उत्पादन वृद्धि हुन थालेको हो । नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको किसान बताउँछन् । स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावतले स्याउको उत्पादन राम्रो हुन थालेपछि आफूहरूले यसलाई व्यवसायका रूपमा लिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउ खेती जीविकोपार्जनमा निकै सहज देखेपछि मैले करिब सात सय रोपनीमा स्याउ खेती गरेको छु । ती स्याउ यति बेला राम्रोसँग फलेका छन् ।” स्याउ, सुन्तला, ओखर, कागतीलगायतका फलफूललाई स्थानीय सरकारले बजारसम्म बिक्री गर्न अनुदानको व्यवस्था गर्दै आएको छ ।

    स्थानीय तह तथा सरकारी निकायको सहयोगका कारण पनि किसान फलफूल खेतीमा लाग्न थालेका रावलले बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिका स्याउ खेतीका लागि उर्वर मानिएको छ । गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले यहाँको हावापानी निकै राम्रो भएकाले पछिल्लो समय किसानलाई स्याउ खेतीतर्फ आकर्षित गर्दै आएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले बाँझो जमिनमा पनि स्याउ खेती गर्ने अभियान सुरु गरेको छ । त्यसका लागि किसानलाई नयाँ जातको स्याउको बिरुवासमेत दिने गरेको छ ।

    स्थानीय किसानले उत्पादन गरेका स्याउ तथा कागती गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानबापत सहयोग गर्दै आएको जानकारी अध्यक्ष रोकायाले दिनुभयो । करिब ३७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।(गोरखापत्र)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer