भारतका राष्ट्रपिता महात्मा गान्धीलाई भारतको स्वतन्त्रता संग्रामको नेतृत्व गर्ने व्यक्तित्वका रूपमा मात्र मानिँदैन। उनको जीवन नै आफैंमा एक पुस्तक हो।
उनको आफ्नै स्वास्थ्य दर्शन थियो। उनको जीवन तप, संयम, श्रम, भोजन र स्वास्थ्यको सम्मिश्रण थियो। स्वस्थ जीवनका बारेमा उनका विचार वास्तवकै प्रेरणादायी छन्।
महात्मा गान्धीले बताएका यी १० विषय, जसले वास्तवमै मानव जीवनलाई स्वस्थ बनाउन मद्दत गर्छन्।
– ब्रह्म मुहुर्त अर्थात् बिहान सूर्योदय अगाडि नै उठौं
– भोजन शरीरका लागि हो, जिब्रोको स्वादका लागि होइन
– सादा भोजन गरौं
– खुर्सानी, मसला, तेल आदि तामसिक आहारबाट टाढा रहौं
– कुनै पनि प्रकारको नशामा ध्यान नदिऊँ। चुरोट, रक्सी हातमै आउन नदिऊँ
– नियमित फास्टिङ गरौं। अर्थात्, नियमित व्रतमार्फत पेटलाई आराम दिऊँ
– नियमित व्यायाम गरौं। शरीरलाई श्रममा लगाऊँ
– हरेक दिन राति एकै समयमा सुतौं र बिहान एकै समयमा उठौं
– नियमित ध्यान र योग गरौं
– सकारात्मक सोचौं र जीवनमा संयम अपनाऊँ(नेपाली हेडलाईनबाट)




