• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २०, २०८३
☰
बुधबार, साउन २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

युवा पर्यटन व्यवसायी वाग्लेको निधन


  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपभापति तथा पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा देवेन्द्र वाग्लेको हिजो निधन भएको छ । उनी विगत लामो समयदेखी नेपाली पर्यटन व्यवसायसंग आवद्द थिए ।

    Advertisement

    गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेको काठमाडौं ह्याम्स अस्पतालमा उपचार क्रममा आइतबार निधन भएको हो । ५५ वर्षीय वाग्लेको निधनमा पर्यटन व्यवसायी तथा कांग्रेस नेता–कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।

    एडभेन्चर माउन्टेन एक्स्प्लोर ट्रेक्स एन्ड एक्स्पिडिसन (एमिको) का सञ्चालक वाग्लेले इमानदार पर्यटन व्यवसायीको छवि बनाएका थिए ।

    यस्तै ५५ वर्षीय वाग्लेको निधनमा नेपाली कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । शोक वक्तव्यमा भनिएको छ, “नेपाली कांग्रेस गोरखा क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको कात्र्तिक २५ गते राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय वाग्लेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री चिरञ्जीवी वाग्लेका सुपुत्र हुनुहुन्छ । उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ ।

    उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ” ।

    वाग्लेको निधनबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रले एक कुशल व्यावसायिक नेता गुमाएको बताएका छन् ।

    यस्तै, ठमेल पर्यटन बिकास परिषदको सदस्य, महिला उद्धमी एवं समाजसेवी कोपिला सिंखडाले अकल्पनीय घटना प्रती दुख व्यक्त गर्दै, समग्र पर्यटन व्यवसायीले एक असल अभिभावक गुमाएको बताउनु भयो ।

    वाग्नलेकाे आजै पशुपती आर्यघाटमा अन्त्यष्टी गरिएकाे छ ।

    सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer