• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फिल्म सुपरहिट, तर नायिकालाई अन्याय


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । यतिबेला सिनेमा घरमा प्रदर्शनमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले आक्रामक व्यापार गर्दै कैयन् रेकर्ड कायम गरेको छ । फिल्मले नेपाली फिल्मकै इतिहासमा एकैदिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।

    Advertisement

    फिल्म हिट हुँदा शीर्ष कलाकार विजय बरालको चौतर्फी चर्चा छ । तर, विजयको अपोजिटमा अभिनय गरेकी अभिनेत्री अञ्जना बराइलीको भने कतै चर्चा छैन । फिल्ममा उनको अभिनय दमदार त छ नै । यसका अलावा ‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जनाको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्म तथा अरु पात्रको चर्चा व्यापक छ, तर उनको चर्चा कतै छैन, उनी अन्यायमा छिन । भूमिका उनको पनि महत्वपुर्ण छ, अभिनय उनको पनि दमदार छ ।

    यसअघि दशैँको अवसर पारेर आएको फिल्म ‘छक्का पञ्जा ५’ बाट पनि दीपकराज गिरी र केदार घिमिरेको जति चर्चा भयो । त्यसको तुलनामा नायिका वर्षा शिवाकोटीको निकै कम चर्चा भयो । बरु सोही फिल्ममा समावेश गीत ‘बिहे पनि भा छैन’ बोलको गीतमा वर्षाले गरेको अभिनयलाई लिएर ट्रोल बनाइयो ।

    ‘छक्का पञ्जा ५’ सँगै सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ मा अभिनय गरेकी अभिनेत्री सनिसा भट्टराईको पनि कहीँकतै चर्चा भएन । सनिसाको चर्चा बरु म्युजिक भिडियोमा गरेको अभिनयका कारण हुने गरेको थियो । तर, ‘१२ गाउँ’ मा समीर भट्टलाई एक्सन स्टारका रुपमा उभ्याइए पनि सनिसाको भने कतै चर्चा भएन ।

    अझ सनिसाको तुलनामा न्यान्सी खड्का त झन् गुमनाम नै भइन् । मोडलिङमा आफ्नो करिअर स्थापित गरेकी न्यान्सीलाई ‘१२ गाउँ’ ले कुनै चर्चा दिलाएन । एक्सनप्रधान फिल्ममा विराज भट्ट र समीर भट्टको चर्चा बढी हुनु स्वभाविक भए पनि अभिनेत्रीको पनि स्वभाविक रूपमा चर्चा हुनुपर्ने हो ।

    त्यसो त गत दशैँको घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्काले भने राम्रो चर्चा कमाएकी थिइन् । महिला केन्द्रित सो फिल्मबाट उनले चर्चा कमाए पनि त्यसपछि प्रदर्शनमा आएका प्रायः फिल्ममा अभिनय गरेका नायिकाहरुको भने चर्चा भएको छैन ।

    दशैँको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ मा केन्द्रीय भूमिका निर्वाह गरेकी नीति शाह पनि गुमनाम नै भइन् । कुनै समय सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘राष्ट्रिय क्रस’ मानिएकी नीतिलाई फिल्मले थप चर्चा दिलाउनुपर्ने हो । बरु सोही फिल्मबाट अभिनेता जितु नेपालको चर्चा राम्रै भयो ।

    त्यसो त नेपालमा पहिलेदेखि नै महिला कलाकारको कमै चर्चा हुने गरेको छ । कतिपय मेकरले जोखिम मोलेरै महिलालाई केन्द्रमा राखेर लेखिएका कथामा फिल्म निर्माण गरेका छन् ।

    फिल्ममा सक्रिय केकी अधिकारी, मिरुना मगर, पूजा शर्मा, सुरक्षा पन्त लगायतका केही कलाकारका फिल्म आउँदा अभिनेत्रीको पनि चर्चा हुने गरे पनि नवकलाकार भने डेब्यु फिल्ममा गुमनाम जस्तै हुने गरेका छन् ।

    एकातिर महिला सशक्तीकरणको आवाज बुलन्द रुपमा उठिरहेको छ भने अर्कोतर्फ फिल्ममा महिला कलाकारको चर्चा ज्यादै न्यून हुने गरेको छ ।(जोय नेपाल)

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer