काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
Advertisement
अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि पक्राउ पुर्जी गरेको हो।
आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
त्यसैगरी हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ। देइफको इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा मृत्यु भइसकेको छ । (एजेन्सी)




