• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पोखरामा ड्रागन बोट रेस सुरु, आज सेमिफाइनल र फाइनल हुने


  •   सोमबार, पुष १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । पर्यटन राजधानी पोखराको फेवातालमा आइतबारबाट अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ आरम्भ भएको छ ।

    Advertisement

    दोस्रो संस्करणको यो प्रतियोगिता कुल २० समूहको सहभागिता छ । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चीनका विभिन्न प्रान्तको प्रतिनिधित्व गर्ने आठ र सिङ्गापुरको एक समूह सहभागी छन् । आइतबार दुई सय मिटर र पाँच सय मिटरतर्फ पहिलो चरणका खेल भएका छन् ।

    सोमबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता भएको हो । नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखरा प्रतियोगिताका सहआयोजक छन् ।

    प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता छ ।

    प्रतियोगिताका विजेताले पाँच हजार अमेरिकी डलर दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार दुई सय डलर पुरस्कार पाउनेछन् । सहभागी अरु समूहले पनि प्रोत्साह स्वरूप पाँच सय डलर पाउनेछन् ।

    प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने विचार राख्नुभयो ।

    “खेलकुदले देश र समुदायलाई एकताको सूत्रमा बाँध्छ,” उहाँले भन्नुभयो । मन्त्री चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत नेपाल ओलम्पिक कमिटीअघि बढेको भन्दै कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले अध्यक्ष जीवनराम श्रेष्ठसँग तीन दिनको स्पष्टीकरण माग गरिएको सुनाउँदै जवाफका आधारमा कारबाही हुने प्रष्ट पार्नुभयो ।

    प्रतियोगिताले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थप्ने र पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावना खोज्न सघाउने पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । पोखराका तालहरूलाई आकर्षणका केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा दिने उहाँले उल्लेख गर्नुभयो । “यहाँ भइरहने मेला, महोत्सवले पोखरालाई पर्यटन राजधानीका रुपमा स्थापित गर्न सघाएको छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय खेलकुदका यस्ता गतिविधिले विदेशमा समेत पोखरा पर्यटन गर्न सहयोग पुगेको छ ।”

    गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यस खालका प्रतियोगितालाई प्रदेश सरकारले पनि सघाउँदै आएको उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागी हुन चीनबाट विमान चार्टड गरी एक सय २९ खेलाडी पोखरा आएका छन् । गत वर्ष चीनले प्रतियोगिताका लागि आठ डुङ्गा दिएकोमा यस वर्ष पनि थप आठ डुङ्गा दिएको छ ।

    चीनमा लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा आयोजना गर्न थालिएको हो । गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय र वेगनासताल राष्ट्रिय स्तरका प्रतियोगिता भएका थिए ।(गोरखापत्रबाट)

    सोमबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer