• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बेल्जियममा ई–सिगरेटमाथि प्रतिबन्ध


  •   मङ्गलबार, पुष १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ।

    Advertisement

    राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्षाका लागी बेल्जियममा सन् २०२५ जनवरी १ देखि ‘डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट)’ हरू बेच्न निषेध गरिनेछ ।

    युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धुम्रपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने छ ।

    ईयूका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन्।

    पारम्परिक सुर्तीजन्य पदार्थको धुम्रपानभन्दा ‘भ्याप्स’लाई कम हानिकारक भनी विज्ञापन गरिनेगरिएको छ ।

    निर्माताहरूले युवा प्रयोगकर्ताहरूलाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्नेगरेको पाइन्छ ।

    विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताहरूले गर्ने प्रचारका बावज्द पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धुम्रपानका लागि अत्यधिक लत लाग्छ ।

    आलोचकहरूले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनहरूको लागि सम्भावित कदम भएको दावी गरेका छन् ।

    बेल्जियमको धुम्रपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भनिन, “समस्या के हो भने युवाहरूले आफ्नो निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र निकोटिन लतमा फस्छन्।”

    उनले एएफपीसँग भनिन, “हामीलाई प्राप्त जानकारी अनुसार युवाहरूले रातको समयमा उठेर विद्युतीय चुरोट सेवन गर्छन् र यो धेरै चिन्ताजनक बिषय हो ।

    बेल्जियमले पाँच वर्ष भन्दा पहिले बजारमा आएका डिस्पोजेबल ई–सिगरेटद्वारा उत्पन्न खतराहरूबारे द्रुतरूपमा प्रतिक्रिया जनाउँदै सन् २०२१ मा संघीय सरकारले इयूको कार्यकारी निकाय युरोपेली आयोगमा डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेको थियो।

    कुनै पनि बिक्री प्रतिबन्धको लागि आफ्नो अनुमोदन दिनु पर्ने आयोगले मार्च २०२४ मा बेल्जियमलाई सकारात्मक प्रतिक्रिया दिएको र यसले राष्ट्रिय कानून लागू गर्न मार्ग प्रशस्त गरेको छ।

    फ्रान्सले पनि यस्तै प्रतिबन्धका लागि ईयूको स्वीकृति पाएको छ । कुनै पनि उल्लङ्घनको लागि एक लाख चार हजार अमेरिकी डलर बराबरको जरिवानासहित भेप्सको उत्पादन, बिक्री र निः शुल्क आपुर्तिमा प्रतिबन्ध लगाउनेछ कानुन कार्यान्वयनमा ल्याउने तयारी फ्रान्सले गरेको छ।

    फ्रान्स र बेल्जियमका स्वास्थ्य अधिकारीहरूले निकोटिनको दीर्घकालीन सेवन विशेष गरी किशोरकिशोरीको मस्तिष्कका लागि हानिकारक हुने र यसले अन्य लागूपदार्थको प्रयोगलाई प्रोत्साहित गर्न सक्ने बताएका छन्।

    सन् २०२३ मा इयूले गरेको एक अध्ययनअनुसार अधिकांश विद्युतीय चुरोट प्रयोगकर्ताले रिचार्जेबल भेप रोज्ने गरेको तर डिस्पोजेबल संस्करण १५ देखि २४ वर्ष उमेर समूहका युवामाझ लोकप्रिय रहेको पाइएको छ ।

    कम लागत, सेवन गर्न सजिलो र सामाजिक मिडियामा जताततै विज्ञापन आएका कारण डिस्पोजेबल भेप्स पनि उनीहरूको आकर्षण हुने गरेको छ।

    पाँच वा छ यूरोमा पाइने डिस्पोजेबल भेप्स २० पाकेट चुरोटको आधा मूल्य हो । विशेषज्ञहरूका अनुसार नौ हजार सर्काे तान्न मिल्ने क्षमता भएका केही भेप्समा ३०० भन्दा बढी चुरोटबाट पाउने सन्तुष्टि मिल्ने गर्छ।

    ब्रसेल्सका धेरै तमाखु पसलहरूमा एकल–प्रयोग ई–सिगरेटको अभाव भइरहेको देखिन्छ। प्रतिबन्धका कारण निर्माताले आफ्ना उत्पादनलाई रोकेका छन्। (एएफपी)

    मङ्गलबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer