• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रचार-प्रसारको अभावमा ओझेल छन् भक्तपुरका मल्लकालिन चारधाम


  •   मङ्गलबार, माघ १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ।

    Advertisement

    ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन् ।

    भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन्। ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ (गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ। भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानीसहित चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापूर्वक नियमित पूजापाठ गर्नाले मृत्युपछि बैकुण्ठबास हुने धार्मिक विश्वास स्थानीयहरुको रहेको छ।

    चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ। दिनभरि बन्द हुने यी देवलहरुमा नित्य पुजाका क्रममा मन्दिरभित्रै गएर पूजाआजा र दर्शन गर्न पाइने द्वारिकानाथका पुजारी विनोदराज शर्माले बताए।

    ‘प्रचार–प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन। यहाँका स्थानीय पनि खासै पूजाआजा र दर्शन गर्न आउँदैन’, उनले भने।

    द्वारिकानाथको मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिन नसा (भुटेको मकै, गहुँ, लाभा, भटमास) ले भगवान्को आकृति बनाई पूजा गर्ने परम्परा रहेको छ। त्यसैगरी वर्षको एक दिन पुरोहित राखेर रुद्री पूजा गरी केदारनाथको बुसादाँ (जन्मदिन मनाउने) गर्ने परम्परा छ।

    चारधाममा बालाचतुर्थीमा सत्बिज छर्ने परम्परा पनि छ। मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउँछन्। चारधाममा महास्नान गराउने परम्परा भने लोप भइसकेको छ। शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान् विष्णुको मूर्ति छ। मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडि एक जोडा सिंह रहेको छ।

    जगन्नाथ मन्दिर राजा भूपतिन्द्र मल्लकै पालामा निर्माण गरिएको हो। यस मन्दिरमा बायाँ सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, नीलो कृष्णको काठको मूर्ति रहेको छ। यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो। हाल यस मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ।

    केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ। राजा भूपतिन्द्रको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ। मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरु जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मूर्तिहरु, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ। मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ।

    द्वारिकानाथ ९गोपीनाथ०मन्दिर दुईतल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो। काठका कलात्मक झ्याल ढोकाहरुले निर्मित मन्दिरमा दायाँबायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मूर्ति छ। यसमा माथिको दुई हातमा शङ्ख र गदा र तलको दुई हातले बाँसुरी समाएको छ। दुई गाईमाथि खुट्टा टेकेर आसन बनाएको छ। मूल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ।

    त्यसैगरी, रामेश्वर मन्दिर जलहरीसहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो। छ फिट अग्लो प्लेटफर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लास्टरले ढलान गरी घोप्टिएको कमलको फूलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो। यस मन्दिरमा जलहरीसहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन्।

    चारधामका रुपमा प्रख्यात देवस्थलमा द्वारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्छ। भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ। सोहीअनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगै रामेश्वरको पनि देवस्थल निर्माण गरिएकाले पाँचवटा धाम रहन गएको पुजारी शर्माले बताए।

    मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन्। त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ।

    भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवं पूजा गर्न सहज भएको छ। आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, वृद्धवृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पूजन गराउने उद्देश्यले तत्कालीन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरुको तान्त्रिक विधिपूर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्।

    भक्तपुरमा चारधाम स्थापना गर्र्नुको अर्को कारण तत्कालीन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनु पनि रहेको किंवदन्ती छ। तत्कालीन समयमा शिवका अनुयायी शैव समुदाय र विष्णुका अनुयायी वैष्य समुदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै बेमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरिएको हुनसक्ने प्राडा श्रेष्ठको कथन छ।

    विष्णुको लोकप्रियता अत्यन्त बढेको त्यतिबेला सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको उनको भनाइ छ। ‘धार्मिक समन्वय सांस्कृतिक एकता र सद्भावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम। शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ,’ प्राडा श्रेष्ठले भने।

    मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरु नृत्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन्। त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ। चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भूकम्पले केही क्षति पु¥याएको थियो। केदारनाथको गजुरको भागमा क्षति भएर जीर्णोद्धार गरिएको थियो। त्यसपछि २०७२ सालको भूकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काए पनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ।

    पछिल्लो अनुसन्धानका क्रममा नेपाल संवत् ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्राडा श्रेष्ठले बताए। ‘जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समयतिर १२औँ शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ। त्यो समय नेपाल मण्डलमा जगन्नाथको मुख्य केन्द्र भक्तपुर र त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा विस्तार भएको हो,’ उनले भने।

    भारतको सिक्किममा केही वर्षअघि निर्माण गरेको चारधामको प्रचारप्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौँ धार्मिक पर्यटक दर्शनका लागि जाने गरेका छन्। भक्तपुरमा भएको चारधामको पनि प्रचारप्रसार गरी दैनिक रुपमा दिनभरि भक्तजनले दर्शन गर्नसके वार्षिक लाखौँ भक्तजन आउने र यसले आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ।(विश्व खबरबाट)

    मङ्गलबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer