काठमाडौं । नेकपा एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा भएको महाधिवेशनबाट संगठनले दाहाललाई अध्यक्ष बनाएर पहिलो महिला नेतृत्व स्थापित गरेको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित हुनुभएको छ । गौतम अध्यक्ष दावेदार भएपनि सर्वसम्मत नेतृत्व चयन गर्दा वरिष्ठ उपाध्यक्ष बनेर सहयोग गरेको पेशागत महासङ्घका अध्यक्ष पुण्य ढकालले जानकारी दिनुभयो । यसै गरी नीति अनुसन्धान आयोग संयोजकमा कमलबहादुर खत्री र सचिवमा काशीराम आचार्य चयन हुनुभएको छ । यसैगरी लेखापरीक्षण आयोग संयोजकमा गोकर्ण कोइराला र लेखापरीक्षण आयोग सचिवमा राजेन्द्र कार्की, अनुशासन आयोग संयोजकमा अम्विका धमला र अनुशासन आयोग सचिवमा शंकर भट्टराई, विज्ञान प्रविधि आयोग संयोजकमा विष्णुकुमारी अधिकारी र विज्ञान प्रविधि आयोग सचिवमा कवि तिम्सिना चयन हुनुभएको छ ।
यस्तै प्रदेश इन्चार्जको जिम्मा कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोख्रेल, बागमतीमा विष्णु अर्याल, गण्डकीमा भरत भुषाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदुरपश्चिममा प्रकाशबहादुर खड्का, उपत्यका विशेष प्रदेशमा गणेशप्रसाद आचार्यलाई तोकिएको छ ।
यि हुन निर्वाचित नेतृत्व
अध्यक्ष
भवानी दाहाल
वरिष्ठ उपाध्यक्ष
रेवन्त गौतम
प्रभासप्रसाद साह
उपाध्यक्ष
युवाचन्द्र घिमिरे
विष्णु अर्याल
कृष्णबहादुर केसी
विजया लक्ष्मी सुवेदी
महासचिव
रामचन्द्र अधिकारी
उपमहासचिव
वामदेव ओली
सूर्यबहादुर कुँवर
कमला दाहाल
सचिव
देवी पराजुली
राजबहादुर पछाईं
टीपी भण्डारी
ओम कढायत
गोविन्द अधिकारी
कार्यालय सचिव
पदमबहादुर शाही
प्रदेश इन्चार्ज
कोशीः धुव्रबहादुर कार्की
मधेशः नौंतम पोख्रेल
बागमतीः विष्णु अर्याल
गण्डकीः भरत भुषाल
लुम्बिनीः कविसिंह कठायत
कर्णालीः तुलाराम गिरी
सुदुरपश्चिमः प्रकाशबहादुर खड्का
उपत्यका विशेष प्रदेशः गणेशप्रसाद आचार्य
आयोगहरू
लेखापरीक्षण आयोग संयोजकः गोकर्ण कोइराला
लेखापरीक्षण आयोग सचिवः राजेन्द्र कार्की
अनुशासन आयोग संयोजकः अम्विका धमला
अनुशासन आयोग सचिवः शंकर भट्टराई
नीति अनुसन्धान आयोग संयोजकः कमलबहादुर खत्री
नीति अनुसन्धान आयोग सचिवः काशीराम आचार्य
विज्ञान प्रविधि आयोग संयोजकः विष्णुकुमारी अधिकारी
विज्ञान प्रविधि आयोग सचिवः कवि तिम्सिना




