• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एसएमएसमार्फत् एकपटकमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्म मात्र भुक्तानी गर्न सकिने


  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । एसएमएसमार्फत गरिने भुक्तानीको सीमा निर्धारण गरिएको छ। यूएसएसडीका नामले चिनिने एसएमएस प्रणालीबाट एक पटकमा बढीमा ५ हजार तथा एक दिनमा बढीमा १० हजार रुपैयाँसम्म मात्र भुक्तानी गर्न पाइने भएको छ।

    Advertisement

    नेपाल राष्ट्रबैंकले बुधबार जारी गरेको भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा यस्तो प्रावधान थप गरिएको हो। यसअघि अन्य भुक्तानी प्रणालीकाबारेमा प्रावधान राखिएको भए पनि यो प्रावधान पहिलो पटक थप गरिएको हो।

    निर्देशन ५ को बुँदा ३ उपबुँदा ७ मा थप गरिएको नयाँ प्रावधानमा उल्लेख छ, ‘यूएसएसडी प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा दैनिक रु.१०,०००।– र प्रति कारोबार रु.५,०००।– हुनुपर्ने छ।’

    निर्देशनमा विद्युतीय वालेटको माध्यमद्वारा गरिने कारोबारको अधिकतम सीमा यथावत् राखिएको छ भने यसमा यसअघि नसमेटिएको क्यूआर कोडको व्यवस्था तथा कारोबारसँग नबाझिने शर्तहरु खुलाइएको छ।

    यसअघिको व्यवस्था यस प्रकार थियो।

    जम्मा भुक्तानी प्रतिदिन रकम (रु) प्रतिमहिना (रु)
    बैक खाताबाट वालेटमा २ लाख प्रतिदिन, १० लाख प्रतिमहिना (रु)

    वालेटबाट अन्य बैंक खातमा (क्यूआर कोड समेत) २ लाख प्रतिदिन, १० लाख प्रतिमहिना (रु)

    एक वालेटबाट अर्को वालेटमा ५० हजार प्रतिदिन, ५ लाख प्रतिमहिना (रु)

    हालको व्यवस्था यस प्रकार छ।

    जम्मा भुक्तानी प्रतिदिन रकम (रु) प्रतिमहिना (रु)
    बैक खाताबाट वालेटमा २ लाख प्रतिदिन, १० लाख प्रतिमहिना (रु)

    वालेटबाट अन्य बैंक खातमा (क्यूआर कोड समेत) २ लाख प्रतिदिन, १० लाख प्रतिमहिना (रु)

    एक वालेटबाट अर्को वालेटमा ५० हजार प्रतिदिन, ५ लाख प्रतिमहिना (रु)

    यसअघि क्यूआर कोडको बारेमा उल्लेख नभएको भए पनि हालको निर्देशनको वालेटबाट बैक खातामा (क्यू आर कोड सहित ) भन्ने उल्लेख गरिएको छ।

    यस प्रकारको भुक्तानीमा विद्युतीय वालेटमा जुनसुकै माध्यम (एक भन्दा बढी बैंक वा एक भन्दा बढी वालेट समेत) बाट रकम जम्मा भएता पनि उपर्युक्त सीमा भन्दा अधिक हुन नपाउने नियम यथावत् नै छ। तर यसपटक यी सीमाले बाधा नपुरयाउने क्षेत्रहरु व्याख्या गरिएको छ।

    ‘देहायको अवस्थामा एक वालेटबाट अर्को वालेटमा जम्माभुक्तानी गर्ने उपर्युक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा पुगेको मानिने छैन (१) नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता शुल्कहरू भुक्तानी गर्न, (२) विद्युत, दूरसञ्चार, तथा खानेपानी महशुल, बीमा प्रिमियम, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको रकम भुक्तानी, र विद्यालयको शुल्क बराबरको रकमको भुक्तानी गर्न’, निर्देशनमा थपिएको छ।

    शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer