• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्व बैंकले नेपालको चालु वर्षको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने बताएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट २०२५’ मा वित्तीय प्रणालीको दीर्घकालीन कमजोरी र बाढीपहिरोबाट भएको क्षतिको प्रभाव स्वरूप आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.५ प्रतिशत हुने अनुमान गरिएकोे हो । आगामी वर्ष २०८२/८३ (२०२५/२०२६) मा पनि नेपालको वृद्धि ५.२ प्रतिशत रहने उल्लेख छ ।

    Advertisement

    विश्व बैंकका अनुसार नेपालको वित्तीय प्रणालीको दीर्घकालीन कमजोरी र बाढीपहिरोबाट भएको क्षतिको प्रभाव स्वरूप आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.५ प्रतिशत हुने अनुमान छ ।

    नेपालको आन्तरिक वित्तीय स्थायित्वमाथि थप जोखिम उत्पन्न गरिरहेको विश्व बैंकको ठहर छ । वित्तीय प्रणालीको अस्थिरता, कमजोर कर्जा अवस्था र गहिरिँदो प्राकृतिक प्रकोपका घटनाले नेपाली अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थपिएको प्रतिवेदनले आंैल्याएको छ । नेपालको आर्थिक वृद्धि मुख्यतः जलविद्युत् क्षमतामा भएको वृद्धि र राम्रो मनसुनका कारण धान उत्पादनमा आएको सुधारले आएको हो तर निर्माण र वित्तीय सेवा क्षेत्रमा गतिविधि कमजोर रहेकाले समग्र वृद्धिमा प्रभाव परेको छ । प्रतिवेदनअनुसार आर्थिक परिदृश्यमा सकारात्मक पक्ष विप्रेषण भएको उल्लेख छ । जसले चालु खाता घाटा १२.५ प्रतिशतबाट ३.९ प्रतिशत पुर्‍याएको छ, जुन आठ वर्षपछिको पहिलो सुधार हो । आगामी वर्षमा पनि नेपालले ५.२ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैंकको अनुमान छ ।

    विश्व बैंकको मूल्यांकनमा दक्षिण एसियाका प्रायः सबै देशमा आर्थिक वृद्धिको पूर्वानुमान घटाइएको छ । सन् २०२५ का लागि क्षेत्रीय वृद्धिदर ५.८ प्रतिशतमा सीमित रहनेछ, जुन गत अक्टोबरको अनुमानभन्दा ०.४ प्रतिशतले कम हो । सन् २०२६ मा क्षेत्रीय वृद्धिदर ६.१ प्रतिशतमा पुग्ने अनुमान गरिए पनि उक्त दर अझै पनि विश्वव्यापी अनिश्चितता र आन्तरिक संरचनात्मक कमजोरीको जोखिममा रहनेछ ।

    प्रतिवेदनअनुसार भारतमा ६.३, पाकिस्तानमा ३.१ र अफगानिस्तानमा २.२ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । बंगलादेशमा राजनीतिक र वित्तीय अस्थिरताका कारण २०८१/८२ मा वृद्धि ३.३ प्रतिशतमा झर्ने र २०८२/८३ मा ४.९ प्रतिशत पुग्नेछ, जुन अघिल्लो प्रक्षेपणभन्दा कम हो । भुटानमा कृषि क्षेत्रमा रहेको कमजोरीले वृद्धिदर ६.६ प्रतिशत हुने भए पनि जलविद्युत्का कारण ७.६ प्रतिशतले बढ्नेछ । माल्दिभ्समा नयाँ विमानस्थल टर्मिनलको योगदानले ५.७ प्रतिशतको वृद्धि देखिए पनि ऋणको चुनौती छ भने श्रीलंकामा ऋण पुनर्संरचनापछि लगानी र माग पुनः बढ्दै २०२५ मा ३.५ प्रतिशतको वृद्धि हुने र जुन २०२६ मा ३.१ प्रतिशतमा झर्ने उल्लेख छ । विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन राइजरका अनुसार पछिल्ला दशकभरि आएका बहुआयामिक झट्काले दक्षिण एसियाली मुलुकलाई संरचनात्मक दृष्टिले कमजोर बनाएको छ । अब सुधारको एकमात्र उपाय आन्तरिक राजस्व संकलन क्षमता वृद्धि गर्नु हो ।

    दक्षिण एसियाली देशहरूको करदर तुलनात्मक रूपमा उच्च भए पनि कर संकलन क्षमता भने न्यून रहेको बताइएको छ । सन् २०१९ देखि २०२३ सम्मको औसतमा दक्षिण एसियाली मुलुकको सरकारी राजस्व कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १८ प्रतिशतमा सीमित छ, जुन अन्य विकासशील मुलुकको औसत २४ प्रतिशतभन्दा धेरै कम हो ।(एजेन्सी)

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer