• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिया निर्यात ४० प्रतिशतले बढ्यो


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशतले बढेर १३ खर्ब तीन अर्ब ७४ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.१ र ८७.९ प्रतिशत रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार समीक्षा अवधिमा नेपालको कुल निकासीमा ५७.२ प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब १७ करोड तथा कुल पैठारीमा ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ खर्ब ५७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को प्रथम आठ महिनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१०.२ रहेकोमा २०८१/८२ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः७.२ रहन आएको छ ।

    Advertisement

    सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन तेल, फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, सूर्यमुखी तेल, तयारी पोशाक, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, जुस, चिया, ऊनी फेल्ट उत्पादन, कुकुर बिरालाका आहारा, पिना, पश्मिना सल, कपडा, जडीबुटी, अदुवा, तामा तथा तामाका उत्पादन, चाउचाउ प्रमुख रूपमा रहेका छन् । भटमास तेल निर्यातमा भारी वृद्धि भई ४७ अर्ब ९४ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादन निर्यातमा ११.३ प्रतिशतले ह्रास आई १० अर्ब ३२ करोडमा झरेको छ ।

    त्यस्तै, यार्न निर्यातमा २२.८ प्रतिशतले वृद्धि भई नौ अर्ब २२ करोड पुगेको छ । ऊनी गलैंचा निर्यातमा ४.१ प्रतिशतले वृद्धि भई सात अर्ब २१ करोड पुगेको छ भने तयारी पोशाक निर्यात भने समीक्षा अवधिमा ५.० प्रतिशतले घटेर पाँच अर्ब ८७ करोड पुगेको छ । प्लाइऊड निर्यातमा १९.१ प्रतिशतले वृद्धि भई पाँच अर्ब ८८ करोड पुगेको छ भने जुट तथा जुटजन्य उत्पादन निर्यातमा ३.८ प्रतिशतले वृद्धि भई पाँच अर्ब ८८ करोडमा सीमित भएको छ । जुसको निर्यातमा पनि ८.४ प्रतिशतले ह्रास आई चार अर्ब ८८ करोडमा झरेको छ भने अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात ८.५ प्रतिशतले वृद्धि भई तीन अर्ब ३४ करोड पुगेको छ । सूर्यमुखी तेलको निर्यातमा भारी वृद्धि भई सात अर्ब ९८ करोड पुगेको छ । कृषिजन्य वस्तु निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा अवधिमा १३.० प्रतिशतले वृद्धि भई पाँच अर्ब ८४ करोड पुगेको छ ।

    त्यस्तै, कृषिजन्य वस्तु निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात पनि समीक्षा अवधिमा ४०.५ प्रतिशतले वृद्धि भई तीन अर्ब ४६ करोड पुगेको छ भने अदुवा निर्यातमा ५४.२ ले ह्रास आई ४७ करोडमा सीमित भएको छ । पिना(आयल केक) निर्यातमा भने २५.६ प्रतिशतले वृद्धि भई दुर्ई अर्ब ३८ करोड पुगेको छ । निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ८२.४६ प्रतिशतले वृद्धि भई एक खर्ब २५ अर्ब एक करोड पुगेको छ । नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६८.०९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष सो हिस्सा ७८.०३ प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा महŒवपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, चीन, युके, युएई, फ्रान्स, जापान, अष्ट्रेलिया, इटाली, टर्की, क्यानडा, नेदरलेण्ड्स र अफगानिस्तान प्रमुुख रूपमा रहेका छन् । आयाततर्फ आर्थिक वर्ष २०८१/८२ को प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ३.५६ प्रतिशतले ह्रास आई एक खर्ब ८३ अर्ब ६८ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयातमा ७.२८ प्रतिशतले वृद्धि भई एक खर्ब सात ७८ करोड पुगेको छ । मेसिनरी तथा पाटर््समा १५.७१ प्रतिशतले वृद्धि भई ७६ अर्ब ३६ करोड पुगेको छ भने कच्चा भटमास तेल आयातमा ४३.१६ प्रतिशतले वृद्धि भई ५१ अर्ब ३५ करोड पुगेको छ । औषधि आयात २.९७ प्रतिशतले वृद्धि भई २८ अर्ब २२ करोड र इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयातमा १२.३८ प्रतिशतले वृद्धि भई ४८ अर्ब दुई करोड पुगेको छ ।

    यातायातका साधन र तिनका पार्टपूर्जा आयातमा पनि २९.४६ प्रतिशतले वृद्धि भई ६२ खर्ब २७ करोड पुगेको छ । कच्चा पाम तेल आयातमा भने ५६.३२ प्रतिशतले ह्रास आई तीन अर्ब ८५ करोडमा सीमित भएको छ । खाद्यान्न आयातमा ३२.९६ प्रतिशतले वृद्धि भई ४२ अर्ब ९३ करोड पुगेको छ भने तयारी पोशाक आयातमा १६.२६ प्रतिशतले वृद्धि भई २८ अर्ब ८२ करोड पुगेको छ । दूरसञ्चारका सामग्री आयातमा पनि ८.६४ प्रतिशतले वृद्धि भई २७ अर्ब १२ करोड र सुनको आयातमा ६.३२ प्रतिशतले ह्रास आई १६ खर्ब ४६ करोड अर्बमा झरेको छ । आयात व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, अर्जेन्टिना, युएई, युक्रेन, अमेरिका, अष्टे«लिया, मलेसिया, इण्डोनेसिया, थाइल्याण्ड, फ्रान्स, ब्राजिल, क्यानडा र कतार प्रमुुख रूपमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात र आयात दुवैमा वृद्धि हुँदा व्यापार घाटामा ६.२ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड पुगेको केन्द्रको तथ्यांक छ ।(Himalaya times)

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer