• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

हिउँ बग्ने कालीमा गेग्य्रानको बाढी


  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
  • काठमाडौं । हेर्दा टोपी खस्ने गरी चारैतिर देखिने सेताम्मे हिमाल, बाह्रैमास हिउँले ढपक्क ढाकिएका अग्ला पहाडहरूलाई पछाडि पार्दै हिउँ बोकेर रफ्तारमा सागर छुन कुदेकी काली, दायाँबायाँ हिमाली मौलिकता, संस्कृति र रहनसहनमा रमाइरहेका मुस्ताङवासी !

    Advertisement

    हिमाल पारिको जिल्ला मुस्ताङ नपुग्ने हरेकका लागि काल्पनिक लाग्ने यी दृश्य १० वर्षअघिको यथार्थ चित्रण हो । फेदीसम्म हिउँ बग्ने ती हिमाल आजभोलि कालापत्थरमा रूपान्तरण भएपछि काली पनि स्वरूप परिवर्तन गरी उदण्ड र उजाड बनेकी छन् ! संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने नदीका रूपमासमेत परिचित कालीगण्डकी आजभोलि भने आफ्नै परिचय बिर्सेर मानव बस्ती तथा खेतबारीतर्फ फैलिँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावको सन्देश विश्वलाई दिइरहेकी छन् ।

    एक वर्षअघि बारागुङ मुक्तिक्षेत्र–४, कागबेनी बजारस्थित कागखोलामा आएको गेग्य्रानसहितको लेदोले तटीय क्षेत्रमा ठुलो क्षति पुग्यो । मुक्तिनाथबाट बग्ने कागखोला थुनिएर फुट्दा आएको बाढीले कागबेनीदेखि जोमसोमसम्मको मानव बस्ती तथा खेतीयोग्य जमिनमा तवाह मच्चायो ।

    बाढीका कारण मानवीय क्षति हुन नपाए पनि कागबेनीका ३१ वटा घर र होटल जोमसोम कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, दुई वटा गाडी र तीन वटा विद्युतीय पोल पूर्ण रूपमा क्षतिग्रस्त बने । कालीगण्डकीको तटीय क्षेत्र उजाड भूमिमा परिणत भयो, जुन दृश्य मुस्ताङवासीले कहिल्यै देखेका थिएनन् । कालीगण्डकी नदी संरक्षणमा लामो समयदेखि काम गर्नुभएका स्थानीय कृष्ण थकालीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने र काली गण्डकी फैलिने क्रम तीव्र हुँदा मुस्ताङका धेरै मानव बस्ती नै खतरमा परेको बताउनुभयो ।

    विगतको अनुभव सुनाउँदै थकली भन्नुहुन्छ, “१० वर्षअघिसम्म चारैतिरका हिमाल सेताम्मे हुन्थे, कालीगण्डकीको बहाव पनि निकै साँगुरो थियो । बर्सातमा आउने सामान्य बाढी छेक्न काठको बार लगाइन्थ्यो तर अहिले तारजाली र आरसिसी ढलानले पनि थाम्न सकिरहेको छैन ।’’

    उहाँले प्रकृतिसँग जुध्न नसकिए पनि मानव सिर्जित प्रदूषण मात्र कम गर्न सके जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने भएकाले सबै सजग हुनुपर्ने बताउनुभयो । मुस्ताङमा हिउँदमा प्रशस्त हिउँ पर्ने र वर्षामा कहिलेकाहीँ सानो सिमसिम पानी पर्ने गरेकोमा पछिल्लो समय हिउँ पर्न छाडेर भीषण वर्षा हुने गरेको थकाली बताउनुहुन्छ । स्थानीय होटल व्यवासायी रमिला गौचन जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङले भोगिरहेको बताउँदै पर्यावरण संरक्षणमा ध्यान दिन नसके समस्या अझ बढ्न गई मुस्ताङको मौलिकता नै खतरामा पर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुस्ताङमा पर्यटक भरिभराउ हुँदा हरेक व्यवसाय फस्टाउँदो क्रममा छ तर पर्यटकको सङ्ख्या वृद्धि हुँदै गर्दा सवारीको चाप र बढ्दो प्लास्टिकको प्रयोगले पर्यावरणमा पर्ने असरबारे त्यति ध्यान पुग्न सकेको छैन ।”

    स्थानीय पुथान बहुमुखी सहकारी संस्थालगायत निजी क्षेत्रमार्फत प्लास्टिकजन्य प्रयोग निरुत्साहित गर्न विभिन्न प्रयास भए पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनको असरसँगै मुस्ताङको मौलिक स्याउ खेती पनि जोखिममा पर्दै गएको छ । लेतेदेखि कागबेनीसम्म लटरम्म फल्ने स्याउ तापक्रम वृद्धिसँगै कम हुँदै गएको छ ।

    जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर कम गर्न सरकारी पक्षबाट प्रयासहरू नभएका पनि होइनन् तर तीव्र रूपमा पग्लिरहेका हिमाल, बढ्दै गइरहेका हिमताल जुनसुकै बेला फुट्न गई ठुलो विपत्ति निम्तिने अवस्था सिर्र्जना भइरहेकाले सरकारी एकल प्रयास मात्र पर्याप्त हुन सकिरहेको छैन ।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख विष्णुप्रसाद भुसालले जलवायु परिवर्तनका कारण मुस्ताङमा परेको असर संवेदनशील रहेको बताउनुभयो । उहाँले यसबारे स्थानीय निकाय, राजनीतिक दल, सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायबिच निरन्तर सम्पर्क र समन्वय गरी जनचेतानसँगै रोकथामका प्रयास भइरहेको बताउनुभयो । भूसालले भन्नुभयो, “जलवायु परिवर्तनका कारण कालीगण्डकीको तटीय क्षेत्र बस्ती र खेतीतर्फ तीव्र रूपमा विस्तार भइरहेको छ । प्रभावित बस्तीहरू सुरक्षित स्थानमा सार्नुको विकल्प छैन ।” उहाँले सम्भावित विपत्को मध्यनजर गरी पूर्वसूचना प्रणाली स्थापना गर्ने, तापक्रम वृद्धिका कारण तल्लो भेगमा रहेका स्याउ खेती माथिल्लो स्थानतर्फ सार्ने काम भइरहेको पनि बताउनुभयो ।

    तिब्बतमा उत्पत्ति भई मुस्ताङ हुँदै नेपाल प्रवेश गर्ने कालीगण्डकी कागबेनी आइपुगेपछि मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला मिश्रण भई कालीगण्डकी भई बग्ने गरेको छ ।(गोरखापत्रबाट)

    बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer