• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

हिमाल कति हास्दो हो, तराई कति हास्दो हो, विकासको दुर्गति देखेर नेपाल कति हास्दो हो….


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • कालिन्चोकको टुप्पामा उभिएर मैले संगैको साथिलाई सोधे, “गौरीशंकर कुन होला ?”। उत्तर तर्फ देखाउदै उसले भन्यो, उ त्यो संगैको दुई चुचुरा हो नी, पश्चिम तर्फको अग्लो गौरी र पुर्व तर्फको त्यो होचो चाही शंकर, गौरी-शंकर”। संगै कालिन्चोकको टुप्पामा रहेका अरु दुई भन्दै थिए, “आज मौसम खुलेको हुनाले मज्जाले देख्न पायौ” । मनमनै सोचे, सयौ हजारौ वर्षदेखि हामीसंगै भएका आफ्नो सम्पत्ती, मौसमले साथ दिदा, परबाट मात्र तिनलाई देख्न पाईन्छ । ति सम्म पुग्ने, नजिकै गएर तिनीसंग जिस्कने, गिज्जिने र तिनलाई धित-मरुन्जेल सुम्सुम्याउने हाम्रो रहर र रहरसंगैको हाम्रो विकास देखेर, यि.. हिमाल कति हास्दा हुन । विकासको दुर्गती देखेर, तराई कति हास्दो हो पहाड कति हास्दो हो, हाम्रो यो बिकास देखेर नेपाल कति हास्दो हो ।

    Advertisement

    विहान कलंकिबाट वस चढेका सागर, जलविरे र दाउन्नेको जामले भोलीपल्ट सांझ सैनामैना घरपुग्दा, कांखमा रहेको नातीको टाउको सुम्सुम्याउदै हजुरआमा भन्नुहुन्छ, “हेर थकाईले होला निलो पल्टेछ मेरो बाबु”। त्यति वेलै टिभिमा समाचार आउछ, सरकारका प्रवक्ता भन्दैछन्, “वुटवल नारायणगढ सडक अब दुई लेनबाट बढेर चार लेन र छ लेन वन्दैछ, तेस्रोपटक म्याद थपी यात्रा सहज बनाउने तयारीमा छौ हामी” । भर्खरैको समाचार, अनि अघिको अमिलो यात्रा, विकसित देशको विकासको गति सुनेका/देखेका व्यवस्थापनका विद्यार्थी सागर मनमनै सोच्छन्, “हाम्रो यो विकास देखेर हिमाल कति हास्दो हो, तराई कति हास्दो हो, विकासको दुर्गती देखेर नेपाल कति हास्दो हो” ।

    सुदुरका ८ जिल्लाहरुको प्रवेशद्वार भासुको भिरमा, सडकका पसारिएको बिशाल ढुंगाले बाटो छेक्दा वसको पछाडी सिटमा आफ्नी गर्भवती जोईको वेदनामा निरिह बनेको दमाई माईलो, “देवी उग्रतारालाई विन्ती गर्दै भन्छ, माता जसरी हुन्छ आजको यो बाटो खोलिदिनुस्, म हजुरलाई कालो पोथी चढाउला भन्दै रातभरी टेडी बजारमा बस्छ र झिसमिसे मै आकाशमा घु टु टु टु टु आवाज सुनेर झ्यालबाट मुन्टो निकालेर हेर्दा प्रधानमन्त्री सवार हवाईजहाज देखेर मनमनै अमिलो हासो हास्छ र गर्भवती जहानको शिथिल टाउको सुम्सुम्याउदै मनमनै भन्छ, हाम्रो यो विकाश देखेर तराई कती हास्दो हो, हिमाल कती हास्दो हो, विकासको दुर्गति देखेर नेपाल कति हास्दो हो ।

    कटारीबाट काठमाडौ छोरा लिन हिडेका दम्पत्ती, जापान भएको छोरा एयरपोर्ट झरेर सिनामंगलबाट बालाई फोनमा सोध्छ, बा कां हुनुहुन्छ त खोई, मन अमिलो पार्दै टुकटुके फोनमा फिस्स हास्दै बा भन्नुहुन्छ, बाबु हामी त भर्खर रामनगरको जाममा । आठ-आठ घण्टाको कतार ट्रान्जिट छिचोलेर आफु यहां आईपुग्दा, बाआमा अझै बाटोमा भन्ने सुनेर दिक्क मान्दै आफैसंग लजाउदै सुनिल भन्छ, हाम्रो यो बिकाश देखेर हिमाल कति हास्दो हो, पहाड कति हास्दो हो, आफ्नै विकासको दुर्गती देखेर नेपाल कति हास्दो हो ।

    यसपाली वेस्सरी अलैची भित्र्याउन ठुलो झ्याङ हुने साउने, रामसाई, गोलसाई जातका अलैची खेती गरेकी ताप्लेजुङ सिकैजाकी मैया श्रेष्ठ आफुले मुस्किलले मनको ८०-९० हजारमा बेचेको अलैची, छेवैमा छिमेकीले झण्डै दोव्वरमा वेच्ने र फुत्त उडाएर युरोप/अमेरिका पुर्याउदा पांच गुणा सम्म मोल पाईने आफ्नै बारीको कालो सुनलाई, न सरकारले बेच्न सहयोग गर्छ, न आफुले नै विदेश पुर्याउन सकिन्छ, वाक्क भएर ठेकेदारले जतिमा भन्यो तेत्तिमा मिल्काउनु पर्दा, लजाएरै माटोसंग माफी माग्दै मनमनै भन्छिन, हाम्रो यो बिकास देखेर हिमाल कति हास्दो हो, पहाड कति हास्दो, आफ्नै यस्तो गति देखेर नेपाल कति हास्दो हो ।

    संसारकै राम्रो भनेर चिनिएको मुस्ताङको स्याउ, भारीमा बोकेर ४ देखि ७ दिनमा पोखरा पुर्याउने चर्चित भरिया चाईना तामाङग, गाडीले बोकेर १४ दिन लगायो रे भन्ने सुन्दा विकास भनेको यहि त होलानी भन्दै मनमनै हास्छन् र भन्छन, आफ्नै वारीको स्याउ पनि खान नपाईने हाम्रो यो बिकास देखेर तराई कती हास्दो हो, हाम्रो यो बिकास देखेर पहाड कति हास्दो हो, बिकासको दुर्गती देखेर नेपाल कती हास्दो हो ।

    देश कृषी प्रधान हो नी भनेर सक्नेले बेचेर खान थालेको वर्षौ भै सक्यो, बिचरा असलि किसान कहिले उखुको भुक्तानीका लागी माईतीघरमा आशु बगाउछ, कहिले दुई किलो मलका लागी रातभर जागाराम वस्छ, कहिले दुध सडकमा पोख्छ त कहिले गोलभेडा फ्याक्छ, आफ्नो पेशा र व्यवसायलाई सरकारले गरेको व्य-वास्ताका कारण वाक्क-दिक्क भएको सर्लाहीको किसान घाटीमा पासो लाउछ र आत्महत्या गर्छ, झ्यालबाट तुन्द्रुङग झुण्डिएको छिमेकीको लाश हेरेर लामो सास तान्दै छिमेकका कोईरि दाई मनमनै भन्छन्, सरकारको मति, किसानको नियती, र विकासको दुर्गती देखेर हिमाल कति हास्दो हो, पहाड कति हास्दो हो, बिकासको दुर्गती देखेर नेपाल कती हास्दो हो ।

    (लेखक: ईश्वर अर्याल, विकासलाई साहित्यसंग जोड्न रुचाउने अर्यालले देश प्रेमी यस्ता थुप्रै सृजना रचना गरेका छन् ।) 

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer