• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

कुन अवस्थामा पुरानो यज्ञोपवित (जनै) वदलेर नयां लगाउने ?


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ, कहिले पुरानो यज्ञोपवित (जनै) वदलेर नयां लगाउने । सामान्यत चार महिनामा पुरानो जनै वदलेर नयां लगाउनु पर्छ भन्ने गरिन्छ । पुर्विय दर्शनका अनुसार, वांकि निम्न अवस्थामा वदल्नु पर्छ जस्तै- यदिजनै कांधवाट भूईंमा खसेमा,जनैको धागो टुटेमा, दिशा पिशाव जांदा कानमा जनै वेर्न विर्सिएमा अस्पृश्य चाण्डाल रजस्वलास्त्री, चित्ताको धूवां तथा शव आदिसंग छुवाछुत भएमा, यसरीनै जन्म आशौच, मरणाशौच श्राद्ध यज्ञ आदि, चन्द्रग्रहण सूर्यग्रहण पछि स्नान गरेर वदल्नु पर्छ।जस्तै-

    Advertisement

    वामहस्ते व्यतितेतु तत्त्यक्वा धारयेत् नवम्।
    पतितं त्रुटितं वापि ब्रह्मसूत्रं यदा भवेत्।
    नूतनं धारयेद्विप्र:स्नात्वा संकल्प पूर्वकं।
    मलमूत्रे त्यजेत् विप्रो विस्मृत्यैवोपवीतधृक्।
    उपवीतं तदुत्सृज्य दध्यादन्यन्नवं तदा।। आचारेन्दु
    चितिकाष्ठं चितैर्धूमं चाण्डालं च रजस्वलाम्।
    शवं च सूतिकां स्पृष्टवा सचैलोजलमाविशेत्।।आचारेन्दु
    उपाकर्माणि सूतिकद्वितये तथा।
    श्रद्धकर्माणि यज्ञादौ शशी सूर्य ग्रहे$पि च।
    नवयज्ञो पवितानि धृत्वा जीर्णानि च त्यजेत्।।

    हामिले बुझ्नु पर्छ, जुन जनै लगाइन्छ त्यो जनैका तीन डोरा समान्य धागा हैनन्।
    जसरी पत्थर स्वयंमा भगवान हुंदैन त्यसलाइ मूर्तिकारले कांट छाट गरेर भगवानको मूर्तिको आकारदिन संस्कार भर्छ त्यसरीनै यज्ञोपवित निर्माण गर्दादेखिनै जनैमा संस्कार भर्दै लगिन्छ र जनै तयार भैसके पछि यसका ग्रन्थीहरु तथा सूत्रहरुमा ॐकार अग्नि आदि भिन्न भिन्न देवताहरुको आवाहन गरेर उसमा प्राण प्रतिष्ठित गराइन्छ।

    जनै पूर्णिमाको दिन मन्त्रेको जनै एक वर्ष सम्म पुन मन्त्रणा गर्नु पर्दैन यदि त्यस दिन मन्त्रणा गर्न कुनै कारण वस रोकियो र मन्त्रेकाजनै पनि छैनन् भने ब्राह्मणहरुले निम्न देवताहरुलाइ आवाहन गरी आंफैले संस्कारित गरी लगाउन मिल्छ त्यस्ता जनै एक पटकको लागि मात्र हुन्छन् । तेतिखेर मन्त्रेकोले वार वारलाइ हुंदैन। मन्त्रणा विधि मन्त्रणा गर्नु पर्ने नयां जनै पलासको पत्तामा राखेर जलसेचन गरी सूर्लाइ देखाइ यी मन्त्रद्वारा अभिमन्त्रित गर्न पनि सकिन्छ भन्ने विधानछ।

    ॐकाराग्नि तथा सर्पान् सोम पितृन् प्रजापतिन्।
    वायु सूर्यश्च विश्वाश्चदेवान्नवषु तन्तुषु।।

    अर्थात् यज्ञोपवित्त केवल सामान्य धागो मात्र हैन त्यसमा निर्माणको समय देखिनै संस्कार भरिदिदै गएको हुन्छ। जब जनै पूरा हुन्छ तब त्यसका ग्रन्थी(शिखा) तथा नौ सूत्रमा ॐकार अग्नि आदि विभिन्न देवताहरुको आवाहन गरि पूजन गरेर त्यसमा देवत्व स्थापित गरिएको हुन्छ।

    ॐ ॐकारमावाहयामि,ॐ अग्निमावाहयामि,ॐ सर्पानावाहयामि,ॐ सोममावाहयामिॐ पितृनावाहयामि,ॐ प्रजापतिमावाहयामि,ॐ अनिलमावाहयामि ॐ सूर्यामावाहयामि, ॐ विश्वान देवानावाहयामि, ॐ ब्रह्मणे नमः, ब्रह्माणमा वाहयामि ॐ बिष्णवे नम: बिष्णुमावाहयामि, ॐ रुद्राय नम:रुद्रमावाहयामि।

    यस प्रकार देवताहरलाइ आवाहन गरेर दश वार गायत्री मन्त्र उच्चारण गरी फूलअक्षताले पूजन गरी लगाउन सकिन्छ।
    गायत्री मन्त्र-

    ॐ भूर्भुव :स्व: तत्सवितुर्वरण्यं भर्गो देवस्य धीमहि ,धियो यो न: प्रचोदयात्।ॐ आपो ज्योतिरसो$मृतं ब्रह्म भूर्भुव:स्वरम्।

    अव जनै किन धारण गरिन्छत भन्ने सम्बन्धमा जनैका तीन वा छ धागाहरु सामान्य धागो मात्र होइन यि डोराहरु जसरी मूर्तिकारले भगानको मूर्ति वनाउंदा भगवानको विग्रह(रुप) लाइ स्मरण गरेर आफ्नो आत्मा जोडेर मूर्तिलाइ संस्कार दिंदै लगेको हुन्छ त्यो मूर्ति ल्याइ कुनै मन्दिरमा स्थापना गरी त्यसमा प्राण प्रतिष्ठा गरी देवत्वकरण गरे पश्चात् देवस्वरुपभै पूजिन्छ त्यसै गरी जनै निर्माण गर्दा देखिनै निर्माण कर्ताले डवल तेवर वाटी शिखावन्धन गरी संस्कारित गर्दै लगेका हुन्छन् र जनै पूर्णिमाको दिनमा त्यसमाअभिमन्त्रित गरेर पूर्ण संस्कार दिइएको हुंदा त्यसमा ब्रह्म तेज आयु आरोग्यता ,वल र वीर्य आदि अध्यारोपित गरीएको हुन्छ।
    सनातन वैदिक धर्मग्रन्थहरुका अनुसार जनैलाइ ब्रह्म शूत्र अर्थात् वेदोक्त कर्म संपादन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने पनि वुझिन्छ। जनैका तिन डोरालाइ ब्रह्मा ,विष्णु ,महेश्वर र तथा अर्का तिन डोरालाइ कर्म, उपाशना र ज्ञानको प्रतिक योग भनिन्छ।

    मनुष्यहरुको जन्म हुना साथ तिन ऋण लिएर आएको हुन्छ।

    ती हुन् देवऋण, ऋषिऋण र पितृऋण,यी ऋण हरु चुक्ता गर्न पनि यी कर्म गर्नु पर्छ भन्ने शाश्त्रीय वचन छन्। जस्तै
    देवताहरुले हामीलाइ भोग्य पदार्थ ऐश्वर्य आयु आरोग्य प्रदान गर्छन् तिनका निमित्त पूजापाठ होम दान तर्पण आदि दिनु पर्छ र देवऋणवाट मुक्त हुन सकिन्छ। पितृऋण पितृहरुले हामीलाइ जन्म दिन्छन् पालन पोषण गर्छन् आत्मनिर्भरवनाउन सिकाउंछन् तेसका निमित्त मनुष्यले पितृहरुकानाममा पितृयज्ञ श्राद्ध तर्पण र कुलपरम्परा वंशलाइ निरन्तरा दिई देव पितृहरुको हव्यकव्यलाई निरन्तरादिन पुत्रजन्माइ उसलाइ सुयोग्य वनाउनाले पितृऋण वाट मुक्त भइन्छ र यस्तै ऋषिहरुले हामीलाइ सत्शाश्त्र र ज्ञान दिन्छन् सन्मार्गमा हिड्न सिकाउंछन् जस्तै महाभारत सूक्तिमा भनिएकोछ

    (अस्थाइ देहको जन्म दिन्छन् माता पिता तक।
    गुरुले ज्ञान जो दिन्छन् हुन्छ त्यो अजरामर।।)

    त्यसकारण हामी माथि ऋषिहरुको ऋण रहेको हुनाले त्यस ऋणवाट मुक्त हुन सके दिन दिनै नभए पनि आज एक दिन भए पनि ऋषिहरुलाइ आवाहन गरि पूजा तथा तर्पण गर्नु पर्छ र उनीहरुको आशीर्वाद लिनु पर्छ। तेस्तै देवता र पितृहरुलाइ पनि तर्पण दिइन्छ तेसैले यश दिलाइ ऋषि तर्पणि भनिएकोहो।

    आज हातमा बाधेको रक्षा सूत्रले दानवीय शक्तिहरुलाइ पराजित गर्न सन्छ भन्ने पनि मान्यताछ। यसरी वैदिक तथ पौराणिक गाथाहरुले गाइएको यस महान पर्वलाइ सकेसम्म शास्त्र सम्मत कर्महरु गरी दैहिक तथा आध्यात्मिक सुख शान्ति प्राप्त गर्न सकौं । यस महान धार्मिक महोत्सवको उपलक्षमा सवै हिन्दूधर्मावलम्वी भक्तजनहरुमा मंगलमय शुभकाना व्यक्त गर्दछु।

    अन्तमा –
    विप्रो वृक्षस्तस्य मूलं च सन्ध्या
    वेदा:शाखा धर्म कर्माणि पत्रम्।
    तस्मान्मूलं यत्नतो रक्षणीयं
    छिन्ने मूले नैव शाखा न पत्रम्।।

    अर्थात् ब्राहरमण यौटा वृक्षको समानहो उसको सन्ध्यावन्धन,गायत्री जप, ब्रह्मयज्ञ,देवयज्ञ,पितृयज्ञ मनुष्य यज्ञ, तथा भूतयज्ञ एवं देवी देवताहरुको उपासना आदि कर्महरुनै उसको मूलहो,। नित्य वेदपाठ उसको शााखा(हांगा) हुन्, उसले जुन धर्म कर्म पुण्य कर्म गर्छ तिनै त्यस वृक्षका पत्ता हुन् ।त्यस कारण द्विज जातिले आफ्नो जुन मूल धर्महो त्यसलाइ वचाउन यी यी कर्महरु गर्न पर्छ अन्यथा उसको मूल धर्म जुन सन्या वन्धन (गाइत्री जाप आदि कर्महो ती कर्महरु नगरे पछि) नष्ट भए पछि उ स्वत नष्ट भयो । फ्यूज गएको वल जस्तो भयो ।ऊ ब्राह्मण जातिवाट च्युत हुन्छ। किन भने जन्मले मात्रै कोही ब्राह्मण हुंदैन जस्ले ब्रह्मकर्महरु गर्छ त्योनै ब्राह्मण हुन्छ। जस्तै – “जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते) द्विज माने दुई पटक जन्म भएको। मानिसको जन्म एक पटक आमाको गर्भ वाट हुन्छ तेती वेला जो सुकै वालक पनि शूद्र सरहनै हुन्छ जब उसले गर्भधारण गर्दा देखिका १६ संस्कारहरु जातकर्म, नामाकरण,अन्नप्राशन उपनयन वेदारम्भ देखि समावर्तनम् सम्मका संस्कारहरु पूरा भैसके पछि मात्रै उ द्विज,विप्र वा ब्राह्मण कहलाउन सक्छ।

    त्यसैले आ आफ्नो कर्म संस्कार नछोडौं । मनुष्य आफ्नै कर्मले उठ्नेहो र कर्म द्वारानै गीर्ने हो अरु कसैले कसैलाइ गिराउन सक्दैन। हुन त हाम्रोमा बडेबडे स्वामी हु भन्नेहरुले नै पनि स्वयम जनै बनाएर लगाएको पाईदैन । त्यसैले परमहंस स्वामी खप्तडवावा भन्नू हुन्थ्यो “के गर्नु अंग्रेजहरु आएर फाल्न नसकेको ब्राह्मणहरुका शिखा सूत्र(जनै)लाई दुई अक्षर अंग्रेजी पढ्दैमा ब्राह्मणहरु आंफैले फाले” हो हाम्रो धर्म संस्कार अरुले फालेर फालिदैन आंफैले फाल्ने हुन्। जे होस अन्तमा
    भगवन्नामस्मरण लेनै पूर्णता पाउने शाश्त्रीय वचन हुंदा भगवान स्मरण गरौ ।

    ॐ प्रमादात्कुर्वतां कर्म प्रच्यवेताध्वरेषु यत् ।
    स्मरणादेव तद्विष्णो: सम्पूर्णं स्यादिति श्रुति:।।
    यस्य स्मृत्या च नामोक्त्या तपोयज्ञाक्रियादिषु।
    न्यून सम्पूर्णतां याति सद्यो वन्दे तवाच्युतम्।।

    ॐ अच्युताय नम: ॐ अच्युताय नम:ॐ अच्युताय नम:।

    (पुर्विय दर्शन सम्बन्धी ज्ञानको अभावमा धेरै ठाउंमा त्रुटि हुन गएका हुन सक्छन् तापनि राम्रो उद्देश्यराखी सामाजीक संजालको समेत सहयोगमा वैदिक धर्म संस्कारको प्रबर्धनको लागि गरिएको प्रयास हुंदा त्रुटि भएको भएमा भगवान स्मरण गर्दै क्षमा याचना गर्दछु ।)

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer