☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पछिल्लो समय तिम्बुङ पोखरीमा पर्यटक बढ्दै


  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । पाँचथर र ताप्लेजुङको सिमानामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२ को सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरी समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।

    Advertisement

    पहाडैपहाडको टाकुरामा छिनमा ड्याम्म कुहिरोेले ढाक्ने त छिनमै हावा चलेर कुहिरो उडाइ लैजाने विशेषताका कारण यो पोखरी क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत वर्षदेखि यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको त्यहाँका पर्यटन व्यवसायी अमिर राई बताउनुहुुन्छ ।

    पोखरीका आसपासमा शिव पोखरी, सूर्यकुण्ड, दुधकुण्ड, हांस पोखरी, मयूर पोखरी, नीर पोखरी गरी अठार वटा पोखरी छन् भने कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्ड माला उनिए जस्तै देखिन्छन् । प्राकृतिक सुन्दरता रमणीयता, पशुपन्छी रङ्गीचङ्गी फूल, अनेकौँ जडीबुटी आदीले यहाँको वातावरण झनै मनमोहक छ । साउन लागेसँगै सुन्दरता र प्राकृतिक साजसज्जाले भरिपूर्ण तिम्बुङ पोखरी जान उत्तम हुने याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङ बताउनुहुन्छ  ।

    ऐतिहासिक, धार्मिक, जैविक विविधताले सम्पन्न तिम्बु पोखरी पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग र निर्माणाधीन मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथाप हुँदै जान सकिन्छ । योबाहेक झापाबाट इलामको फिक्कल पशुपतिनगर, सन्दकपुर र फालौट भएर पनि यहाँ पुग्न सकिन्छ ।

    मोटरबाटो सुविधा भएका स्थानबाट कम्तीमा दुई दिन पैदल यात्रापछि यहाँ पुगिन्छ । हरेक वर्ष जेठदेखि असोजसम्म, स्वदेशी तथा विदेशी पर्यटक भ्रमणका लागि आउने गर्छन् । यहाँ पुग्न साउन र भदौमा उत्तम समय मानिन्छ । पोखरीका आसपासमा पर्यटकका लागि सुविधायुक्त होटेल नबनिसकेको भए पनि केही घरबास सुविधा र ठुल ठुला चौँरी गोठ छन् । यहाँ जाने पर्यटकले फालौट वा च्याङथापु जहाँबाट गए पनि याकलाई भारी बोकाएर लैजान सक्छन् ।

    पोखरीमा असोजदेखि वैशाखसम्म हिउँ पर्ने गरेकाले पुग्न कठिनाइ हुन्छ । गत वर्ष यो सिजनमा ताप्लेजुङको बाटो भएर एक हजारभन्दा धेरै आन्तरिक पर्यटक यहाँ पुगेका थिए । यो वर्ष जेनजी आन्दोलन र प्रतिकूल मौसमका भए पनि गत वर्षकै जति आन्तरिक पर्यटक यहाँ पुगेको राईको भनाइ छ । साउनमा पर्ने नाग पञ्चमीदेखि भदौको जनै पूर्णिमा हुँदै श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा त यहाँ जाने भक्तजनको विशेष भिड लाग्छ ।

    यो बेला केन्जोसहितका जडीबुटी ढकमक्क फुल्ने भएकाले तिम्बुङ पोखरी जान उपयुक्त हुने स्थानीय सामाजिक अभियान्ता कृष्ण प्याकुरेल बताउनुहुन्छ । तिम्बुङ पोखरीबाट निस्केको पानीबाट इवा खोलाको उत्पति भएको छ । यो पोखरीको पानी सङ्ग्लो र पारदर्शी छ । मौसम सफा भएका बेला कन्चनजङ्घा र कुम्भकर्णसहित विभिन्न हिमशृङ्खलाको मनमोहक दृष्य, अग्ला पहाड र थुम्का भारत र सिक्किमका विभिन्न ठाउँ देख्न सकिन्छ ।

    साउन भदौमा पोखरीकोे छेउछाउमा फुल्ने केन्जोले त्यहाँको वातावरण सुगन्धित र मनमोहक पार्छ । योसँगै विभिन्न प्रजातिका लालीगुराँस चिमल, माइकोपिला, सुनाखरी, पाँचऔले, हडचुर, पदमचाल कालो र सेतो विख्मा, कुड्की, पाखनवेत, बुढोओखती, भैरुङ्पाती, सुनपाती, सिक्पा वनस्पति जस्ता वनस्पती र भालु, कस्तुरी, वनभेडा, बँदेल, रेडपाण्डा र हिउँ चितुवा आदी दुर्लभ प्रजातिका वन्यजन्तु पाइन्छन् ।

    आजभन्दा करिब तीन सय वर्षअगाडि भेडी गोठ सार्दै उच्च पहाडी र हिमाली क्षेत्रमा भेडा पाल्ने व्यवसायीले भेडी गोठ सार्दै जाने व्रmममा यो पोखरीमा पहिलो पटक पुगेर तिम्बुङ पोखरी पत्ता लगाएको भन्ने जनश्रुति छ । बुढापाकाका अनुसार पृथ्वीमा ठुला ठुला घटना दुर्घटना हुने बेलामा तिम्बुङ पोखरीमा बन्दुक पड्के जस्तोे आवाज आउँछ ।

    लिम्बू भाषामा बन्दुकलाई तिम्मक भनिन्छ । घटनाको बन्दुक पड्केको आवाजमा जनाउ दिने भएकाले यसलाई लिम्बू भाषामा तिम्मक नामकरण गरिएको जनश्रुति छ । पछिल्लो समयमा अपभं्रश भएर तिम्बुङ पोखरी हुन पुगेको भाषाका जानकार बताउँछन् ।

    यस क्षेत्रको विकासका लागि ताप्लेजुङ र पाँचथरतर्फबाट प्रयास भइरहेका छन् । ताप्लेजुङतर्फबाट यहाँ पुग्न घोडेटो बाटो निर्माण भएको छ । दुवै जिल्लाका स्थानीय तहले तिम्बुङ पोखरी क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।(गोरखापत्र)

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer