• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पछिल्लो समय तिम्बुङ पोखरीमा पर्यटक बढ्दै


  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । पाँचथर र ताप्लेजुङको सिमानामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२ को सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरी समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।

    Advertisement

    पहाडैपहाडको टाकुरामा छिनमा ड्याम्म कुहिरोेले ढाक्ने त छिनमै हावा चलेर कुहिरो उडाइ लैजाने विशेषताका कारण यो पोखरी क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत वर्षदेखि यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको त्यहाँका पर्यटन व्यवसायी अमिर राई बताउनुहुुन्छ ।

    पोखरीका आसपासमा शिव पोखरी, सूर्यकुण्ड, दुधकुण्ड, हांस पोखरी, मयूर पोखरी, नीर पोखरी गरी अठार वटा पोखरी छन् भने कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्ड माला उनिए जस्तै देखिन्छन् । प्राकृतिक सुन्दरता रमणीयता, पशुपन्छी रङ्गीचङ्गी फूल, अनेकौँ जडीबुटी आदीले यहाँको वातावरण झनै मनमोहक छ । साउन लागेसँगै सुन्दरता र प्राकृतिक साजसज्जाले भरिपूर्ण तिम्बुङ पोखरी जान उत्तम हुने याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङ बताउनुहुन्छ  ।

    ऐतिहासिक, धार्मिक, जैविक विविधताले सम्पन्न तिम्बु पोखरी पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग र निर्माणाधीन मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथाप हुँदै जान सकिन्छ । योबाहेक झापाबाट इलामको फिक्कल पशुपतिनगर, सन्दकपुर र फालौट भएर पनि यहाँ पुग्न सकिन्छ ।

    मोटरबाटो सुविधा भएका स्थानबाट कम्तीमा दुई दिन पैदल यात्रापछि यहाँ पुगिन्छ । हरेक वर्ष जेठदेखि असोजसम्म, स्वदेशी तथा विदेशी पर्यटक भ्रमणका लागि आउने गर्छन् । यहाँ पुग्न साउन र भदौमा उत्तम समय मानिन्छ । पोखरीका आसपासमा पर्यटकका लागि सुविधायुक्त होटेल नबनिसकेको भए पनि केही घरबास सुविधा र ठुल ठुला चौँरी गोठ छन् । यहाँ जाने पर्यटकले फालौट वा च्याङथापु जहाँबाट गए पनि याकलाई भारी बोकाएर लैजान सक्छन् ।

    पोखरीमा असोजदेखि वैशाखसम्म हिउँ पर्ने गरेकाले पुग्न कठिनाइ हुन्छ । गत वर्ष यो सिजनमा ताप्लेजुङको बाटो भएर एक हजारभन्दा धेरै आन्तरिक पर्यटक यहाँ पुगेका थिए । यो वर्ष जेनजी आन्दोलन र प्रतिकूल मौसमका भए पनि गत वर्षकै जति आन्तरिक पर्यटक यहाँ पुगेको राईको भनाइ छ । साउनमा पर्ने नाग पञ्चमीदेखि भदौको जनै पूर्णिमा हुँदै श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा त यहाँ जाने भक्तजनको विशेष भिड लाग्छ ।

    यो बेला केन्जोसहितका जडीबुटी ढकमक्क फुल्ने भएकाले तिम्बुङ पोखरी जान उपयुक्त हुने स्थानीय सामाजिक अभियान्ता कृष्ण प्याकुरेल बताउनुहुन्छ । तिम्बुङ पोखरीबाट निस्केको पानीबाट इवा खोलाको उत्पति भएको छ । यो पोखरीको पानी सङ्ग्लो र पारदर्शी छ । मौसम सफा भएका बेला कन्चनजङ्घा र कुम्भकर्णसहित विभिन्न हिमशृङ्खलाको मनमोहक दृष्य, अग्ला पहाड र थुम्का भारत र सिक्किमका विभिन्न ठाउँ देख्न सकिन्छ ।

    साउन भदौमा पोखरीकोे छेउछाउमा फुल्ने केन्जोले त्यहाँको वातावरण सुगन्धित र मनमोहक पार्छ । योसँगै विभिन्न प्रजातिका लालीगुराँस चिमल, माइकोपिला, सुनाखरी, पाँचऔले, हडचुर, पदमचाल कालो र सेतो विख्मा, कुड्की, पाखनवेत, बुढोओखती, भैरुङ्पाती, सुनपाती, सिक्पा वनस्पति जस्ता वनस्पती र भालु, कस्तुरी, वनभेडा, बँदेल, रेडपाण्डा र हिउँ चितुवा आदी दुर्लभ प्रजातिका वन्यजन्तु पाइन्छन् ।

    आजभन्दा करिब तीन सय वर्षअगाडि भेडी गोठ सार्दै उच्च पहाडी र हिमाली क्षेत्रमा भेडा पाल्ने व्यवसायीले भेडी गोठ सार्दै जाने व्रmममा यो पोखरीमा पहिलो पटक पुगेर तिम्बुङ पोखरी पत्ता लगाएको भन्ने जनश्रुति छ । बुढापाकाका अनुसार पृथ्वीमा ठुला ठुला घटना दुर्घटना हुने बेलामा तिम्बुङ पोखरीमा बन्दुक पड्के जस्तोे आवाज आउँछ ।

    लिम्बू भाषामा बन्दुकलाई तिम्मक भनिन्छ । घटनाको बन्दुक पड्केको आवाजमा जनाउ दिने भएकाले यसलाई लिम्बू भाषामा तिम्मक नामकरण गरिएको जनश्रुति छ । पछिल्लो समयमा अपभं्रश भएर तिम्बुङ पोखरी हुन पुगेको भाषाका जानकार बताउँछन् ।

    यस क्षेत्रको विकासका लागि ताप्लेजुङ र पाँचथरतर्फबाट प्रयास भइरहेका छन् । ताप्लेजुङतर्फबाट यहाँ पुग्न घोडेटो बाटो निर्माण भएको छ । दुवै जिल्लाका स्थानीय तहले तिम्बुङ पोखरी क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।(गोरखापत्र)

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer