• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पुड्के तारामा भेटियो ‘फस्फिन’ पदार्थ, जीवनको सम्भावना रहेको आशंका


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) ले एउटा ‘ब्राउन ड्वार्फ’ अर्थात् असफल तारा भनिने खगोलीय पिण्डको वायुमण्डलमा ‘फस्फिन’ नामक रासायनिक तत्व पत्ता लगाएको छ। यही तत्व २०२० मा शुक्र ग्रहमा भेटिएको दावीपछि जीवनको सम्भावनासँग जोडिएर विवादित बनेको थियो।

    Advertisement

    यो नयाँ खोज मोडेलअनुसारको अनुमानसँग मेल खाने देखिएको छ, जसले एलियन वायुमण्डलको अवस्था अनुकरण गर्छ। तर वैज्ञानिकहरू किन केही खगोलीय वस्तुहरूमा फस्फिन पाइन्छ र केहीमा पाइँदैन भन्नेमा अझै अलमलमा छन्।

    फस्फिन ‘वुल्फ ११३०सी’ नामको ब्राउन ड्वार्फ नामक पुड्के तारामा मा भेटिएको हो, जुन एउटा त्रि-तारकीय प्रणाली (ट्रिपल सिस्टम) मा अवस्थित छ, जहाँ एउटा सानो रातो ड्वार्फ तारा र सेतो ड्वार्फ पनि छन्।

    वुल्फ ११३०सी को चिसो वायुमण्डलमा फस्फिनको मात्रा प्रतिमिलियन ०.१ भाग रहेको पाइएको छ, जुन ग्यास दानव ग्रह र ब्राउन ड्वार्फहरूको वायुमण्डलीय मोडेलले देखाउने अनुमानसँग मिल्दोजुल्दो छ। बृहस्पति र शनि ग्रहमा पनि लगभग यति नै मात्रा फस्फिन पाइन्छ।

    तर फस्फिन देखिन सक्ने अपेक्षा गरिएका धेरै ब्राउन ड्वार्फहरूमा यसको उपस्थिति नभेटिनु र यसको कारण वैज्ञानिकहरूलाई थाहा नहुनु मुद्य समस्या हो।

    फस्फिन फस्फोरस र हाइड्रोजन मिलेर बनेको अणु हो। यो वायुमण्डलीय अवस्थाहरूमा अस्थिर हुन्छ र सजिलै अन्य रासायनिक प्रतिक्रियाले टुक्रिन्छ। बृहस्पति र शनि ग्रहमा यो तत्व गहिराइमा उच्च तापक्रममा बन्ने गर्छ र तातो ग्यासको प्रवाहले माथिल्लो सतहमासम्म पुर्‍याउँछ, जहाँ यो टुक्रिनु अघि नै देख्न सकिन्छ। यही कारणले शुक्र ग्रहमा फस्फिन भेटिएको दावीलाई विवादास्पद बनाएको हो।

    स्पेस डटकमका अनुसार सन् २०२० मा वेल्सस्थित कार्डिफ विश्वविद्यालयकी जेन ग्रिभ्स नेतृत्वको टोलीले हवाईको जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलीको एएलएमए प्रयोगशालाबाट शुक्र ग्रहमा फस्फिन भेटिएको दावी गरेको थियो।

    पृथ्वीमा यो तत्व जीवाणु सम्बन्धी प्रक्रियाबाट स्वाभाविक रूपमा बन्ने भएकाले टोलीले यसलाई जीवनको संकेतका रूपमा व्याख्या गरेको थियो। त्यसपछि शुक्रको वायुमण्डलमा सूक्ष्म जीव हुन सक्ने भन्ने अड्कलबाजी बढेको थियो।

    तर धेरै खगोलविदहरूले उक्त निष्कर्षलाई अस्वीकार गरे, विश्लेषणमा त्रुटि रहेको दावी गरे र पुनः परीक्षण गर्दा त्यस्तै नतिजा प्राप्त गर्न सकेनन्। यद्यपि ग्रिभ्सको टोलीले आफ्ना दावी दोहोर्‍याइरहेको छ र शुक्रमा फस्फिनको अस्तित्वबारे विवाद अझै जारी छ।

    वैज्ञानिकहरूको असहमतिको एउटा कारण यो पनि हो कि शुक्र ग्रहको कठोर वायुमण्डलमा फस्फिन दीर्घकालसम्म टिक्न सक्दैन भन्ने बुझाइ छ।

    तर पनि फस्फिनलाई परग्रही जीवन खोज्ने क्रममा सम्भावित जैविक संकेत (बायोसिग्नेचर) का रूपमा हेइँदै आएको छ। तर बृहस्पति, शनि र अब वुल्फ ११३०सी मा यसको उपस्थिति देखिनु गैरजैविक रासायनिक प्रक्रियाले पनि फस्फिन बनाउन सक्छ भन्ने कुराको सम्झना दिलाउँछ।

    प्रश्न यो छ किन यी ग्रहहरूमा फस्फिन भेटिन्छ तर जेडब्लूएसटीले अध्ययन गरेका अन्य ब्राउन ड्वार्फहरूमा भेटिँदैन वा धेरै न्यून मात्रामा भेटिन्छ।

    वैज्ञानिकहरूले यसका केही सम्भावित कारण दिएका छन्। एक विचार अनुसार वुल्फ ११३० प्रणालीकै विशिष्ट इतिहाससँग सम्बन्धित हुन सक्छ। वुल्फ ११३०बी नामको सेतो ड्वार्फ पहिले सूर्यभन्दा ६–८ गुणा ठूला तारा थियो। यस्ता तारा सुपरनोभा नबनी रातो विशाल तारा भएर आफ्ना बाहिरी तह फ्याँक्दै सेतो ड्वार्फमा परिणत हुन्छन्।

    जीवनको अन्त्यमा यस्ता ताराले फस्फोरस जस्ता तत्व ठूलो मात्रामा बाहिर फ्याँक्न सक्छन्, जसले वुल्फ ११३०सी मा फस्फिन बन्ने सामग्री पुर्‍याएको हुन सक्छ।

    तर यो व्याख्या पनि सबै हिसाबले मिल्दैन। वुल्फ ११३० प्रणालीमा सेतो ड्वार्फ र सानो रातो तारा आपसमा निकै नजिक छन् र एकअर्कातिर स्थायी रूपमा फर्किएका छन्, जबकि ब्राउन ड्वार्फ तिनीहरूभन्दा टाढा परिक्रमा गर्छ। यदि फस्फोरस वुल्फ ११३०सी मा जम्मा भएको हो भने नजिकको वुल्फ ११३०ए मा पनि त्यस्तै मात्रा देखिनुपर्ने हो, तर त्यस्तो प्रमाण पाइएन।

    अर्को सम्भावना ब्राउन ड्वार्फको मूल रासायनिक संरचनासँग फस्फिनको सम्बन्ध हुन सक्छ भन्ने हो। केही मोडेलहरूले हिलियमभन्दा भारी तत्वहरू (जसलाई खगोलविदहरूले ‘मेटल्स’ भन्छन्) कम भएका वायुमण्डलमा फस्फिन बढी बन्ने अनुमान गर्छन्। वुल्फ ११३०सी मा बृहस्पति र शनि जस्तै भारी तत्वहरू निकै कम पाइएका छन्।

    तर समस्या फेरि उही छ-जेडब्लूएसटीले अवलोकन गरेका अन्य कम मेटालिक ब्राउन ड्वार्फहरूमा त्यस्तो फस्फिन देखिँदैन।

    यसबाट क्यालिफोर्निया विश्वविद्यालय सान डिएगोका एडम बर्गासरको नेतृत्वमा रहेको अनुसन्धान टोलीले फस्फिनलाई जीवनको निश्चित संकेतका रूपमा प्रयोग गर्नु अहिले उचित नभएको निष्कर्ष निकालेको छ।

    “हाम्रा मोडेलहरूले यी सबै स्रोतहरूलाई समान रूपमा व्याख्या गर्न नसक्नु फस्फोरस रसायनशास्त्रबारे हाम्रो बुझाइ अधूरो रहेको प्रमाण हो,” अनुसन्धानकर्ताहरूले भनेका छन्। “त्यसैले फस्फिनलाई बायोसिग्नेचरका रूपमा प्रयोग गर्नु अघि यी असंगतिहरू समाधान हुन आवश्यक छ।”

    नयाँ अध्ययनले स्मरण गराउँछ—यदि शुक्र ग्रहमा फस्फिन साँच्चै भेटिएको पनि हो भने, यसको स्रोत जैविक नभई गैरजैविक पनि हुन सक्छ। त्यसैले अहिले यी ग्रहहरूमा जीवनको अस्तित्वबारे उत्साहित हुने समय आएको छैन।

    यस अध्ययनको निष्कर्ष अक्टोबर २ मा साइन्स पत्रिकामा प्रकाशित गरिएको छ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer