• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सबै बन्धक इजरायली सीमामा आएपछि मात्रै प्यालेस्टिनी कैदी रिहा


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । इजरायलले गाजामा बन्धक बनाइएका सबै बन्धक देश आइपुगेको पुष्टि भएपछि प्यालेस्टिनी कैदीलाई रिहा गर्न सुरु गर्ने सर्त राखेको प्रधानमन्त्रीका प्रवक्ताले आइतबार बताएका छन्।

    Advertisement

    “भोलि रिहा हुन लागेका हाम्रा सबै बन्धकहरू सीमा पार गरेर इजरायलमा प्रवेश गरेको पुष्टि भएपछि मात्र इजरायलबाट प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ,” शोस बेड्रोसियनले पत्रकारहरूसँग भन्नुभयो।

    यसअघिका युद्धविरामका क्रममा केही बन्धकहरूको अवशेष फरेन्सिक विज्ञहरूले इजरायल फर्केपछि पहिचान गरेका थिए ।

    बेड्रोसियनले भन्नुभयो, “पहिचान नहुँदासम्म प्यालेस्टिनी कैदीहरू रिहाइपछि प्रस्थान गर्न तयार बसहरूमा राखिनेछ।”

    उहाँले भन्नुभयो, “बन्धकहरू इजरायली इलाकामा प्रवेश गरेको पुष्टि हुनासाथ ती बसहरू प्रस्थान गर्नेछन् र आफ्नो यात्रा सुरु गर्नेछन्।”

    उहाँले दुई वर्षभन्दा बढी समयदेखि गाजा पट्टीमा राखिएका सबै बन्धकहरूको रिहाइको काम सोमबार बिहानै सुरु हुने अपेक्षा गरिएको बताउनुभयो ।

    इजरायल र हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनाको पहिलो चरणलाई अनुमोदन गरिसकेका छन्, जसको उद्देश्यसन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणपछि गाजामा सुरू भएको युद्ध अन्त्य गर्नु हो।

    योजनाका शर्तअनुसार, हमासले अक्टोबर ७ मा अपहरणमा परेका बाँकी ४७ बन्धक ९जीवित र मृत० मध्ये सोमबार रिहा गर्ने भनिएका २० बन्धकलाई मध्याह्नसम्म रिहा गर्नेछ।

    सन् २०१४ मा गाजा युद्धमा मारिएका एक सैनिकको अवशेष पनि हस्तान्तरण गर्ने अपेक्षा गरिएको बेड्रोसियनले बताउनुभयो ।

    पछिल्लो युद्धविरामका क्रममा इजरायलको अबु कबिर फरेन्सिक इन्स्टिच्यूटमा पोष्टमार्टमपछि मात्र मृतक बन्धकको पहिचान पुष्टि भएको थियो ।

    “हामी आशा गरिरहेका छौँ कि हाम्रा सबै २० जीवित बन्धकहरूलाई एकै पटकमा रेडक्रसमा रिहा गरिनेछ र छ देखि आठवटा सवारी साधनहरूमा ढुवानी गरिनेछ,” उहाँले भन्नुभयो ।

    “त्यसपछि बन्धकहरूलाई गाजाको इजरायल–नियन्त्रित भागहरू भित्र सेनाको जिम्मा लगाइनेछ र त्यसपछि दक्षिणी इजरायलको रिम बेसमा स्थानान्तरण गरिनेछ, जहाँ उनीहरू आफ्नो परिवारसँग पुनर्मिलन हुनेछन्।

    त्यसपछि उनीहरूलाई ‘तीन मुख्य अस्पतालहरू मध्ये एक’ मा लगिनेछ।

    “शेबा मेडिकल सेन्टरमा दश, बेइलिन्सनमा पाँच बन्धकहरूलाई र इचिलोभमा पाँच बन्धकहरूलाई उपचार गरिनेछ,” बेड्रोसियनले बन्धकको उपचारका लागि तय गरिएका इजरायलका तीन अस्पतालको नाम दिँदै भन्नुभयो ।

    प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सन्दर्भमा, धेरै इजरायलीहरूको हत्यामा दोषी ठहरिएका २५० बन्दीहरू सैन्य लडाकू हुन् भने करिब एक हजार ७०० लाई युद्ध सुरु भएपछि गाजामा इजरायली सेनाले हिरासतमा लिएको थियो। (एएफपी)

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer