• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कैलालीमा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्व सिमसार तथा जैविक विविधताले महत्वपूर्ण क्षेत्र कैलालीको घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ । उक्त महोत्सव घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले उद्घाटन गर्नुभएको र घोडाघोडी नगरका भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा छिमेकी पालिकाका प्रमुख तथा जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

    Advertisement

    कार्यक्रममा ७६ गाउँका भलमन्सा तथा चिराकी (चौकीदार) थारु कल्याणकारिणी सभाका केन्द्रदेखि जिल्लातहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा थारू संस्कृति झल्कने विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो । थारुहरुको मौलिक खाना ढिक्री, माछाको चटनी, गगँटा लगायत परिकार अतिथिलाई स्वागत गरिएको थियो ।

    नगरप्रमुखले लवाङ्गी पूजाको विधिवधरुपमा दियोमा बत्ती बाली थारुहरुको देउताको प्रतिक घोरीघोराको प्रतिमामा छाँक (रक्सी) खाएर उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख रावतले पालिकामा बसोबास गर्ने हरेक समुदाय जातजातीको परम्परा, संस्कृति जोगाउन र नयाँपुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

    उहाँले मौलिक कला संस्कृति जगेर्नाका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुँदै आएको बताउनुभयो । हरेक बर्ष सीता बिवाह पञ्चमी तीथिमा गरिने थारु समुदायको परम्परागत लवाङ्गी पूजा यस बर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ । ९ गते पूजा हुने भनी ७ र ८ गते थारु समुदायको कला संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहने जनाइएको छ ।

    घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको हो ।

    यसअघि कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न १७ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । समितिका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले थारु समुदायले पराम्परागत रुपमा मान्दैआएको लवाङ्गी पूजालाई व्यापक र प्रचारप्रसार गर्दै थारु समुदायको मौलिक कला संस्कृतिको जगेर्नाका लागि महोत्वसको आयोजना गरिएको बताउनुभयो ।

    उहाँले थारु समुदायको परम्परागत मौलिक संस्कृतिसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि विगतदेखि महोत्सवको रुपमा मनाउने गरिएको उल्लेख गर्नुभयो । थारु समुदायले पराम्परागत रुपमा नयाँ बाली घरमा भित्र्याइपछि पहिले देउतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको थारु कल्याणकारिणी सभाका सल्लाहकार तथा थारु अगुवा रामबहादुर चौधरीले जानकारी दिनुभयो ।

    पश्चिम नेपालका थारु समुदायको ठुलो देउथलको रुपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साइडमा सूचिकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारु र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुनेगरेको स्थानीय बताउँछन् । भाकल गरेकाहरुले लवाङ्गी पूजाको दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलन थारु गुरुवाको भनाइ छ ।(गोरखापत्रबाट)

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer