• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • रुपन्देही। लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    विद्युतीय बसहरू औपचारिकरुपमा शुभारम्भ गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठीले ५ वटा बसहरू लुम्बिनीबाट सञ्चालन भएको बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले परीक्षणका लागी यात्रुहरूलाई निःशुल्क सेवा दिइएको बताउनु भयो । स्थानीय प्रशासन, सुरक्षा निकायको पूर्ण सहयोग हुने बताउनुभयो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले अब नरोकिने गरि निरन्तर बस सञ्चालन हुने बताउनुभयो ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको अध्यक्षता भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै भट्टराईले सरकारी कार्यालय धेरै प्रक्रियाका कारण ढिलाइ भएपनि अब बसमा सबै व्यवस्थापन हुँदै जाने बताउनुभयो ।

    विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन् ।

    जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख केशव केसीले ५ वटा बसले ६ रुट पुरा गर्ने बताउनुभयो । केसीका अनुसार रुट नं १ लुम्बिनीबाट एयर पोट, बेलहिया हुँदै रामग्रामसम्म, रुट नं २ लुम्बिनीबाट भैरहवा बुद्ध चोक हुँदै बुटवल एभिन्यु होटेलसम्म रुट नं ३ लुम्बिनी तिलौराकोट हुँदै लुम्बिनी फर्कने , रुट नं ४ लुम्बिनी सटल बस, रुट नं ५ लुम्बिनी एयरपोर्ट हुँदै बेलहिया पर्यटक प्रहरीसम्म, रुट नं ६ लुम्बिनीबाट एयरपोर्ट बेलहिया हुँदै देबदहसम्म रहेको छ ।

    बिगत ३ वर्षदेखि थन्किएका बसहरू गृहमन्त्री बालकृष्ण खाँडले पर्यटन दिवसका अवसरमा मङ्गलवार औपचारिक कार्यक्रममा लुम्बिनी विकास कोषलाई बस सञ्चालन गर्ने वा नगर्न भन्दै ठाडो निर्देशन दिनुभएको थियो ।

    सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी विगत थन्किरहेका थिए । बस खरिद हुनुभन्दा अगाडिदेखि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो ।

    दसैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन ।
    आगामी दिनमा विभिन्न मोडालिटि बनाउँदै हरियो प्लेटमा रूपान्तरण गरी कार्यविधि बनाएर कोषले पर्यटक बससमेत चलाउने छ ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer