• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पृथ्वीनारायण शाहले दिएको खड्ग फूलपातीसँगै जाजरकोट दरबारमा भित्र्याइयो


  •   आइतबार, असोज १६, २०७९ मा प्रकाशित
  • जाजरकोट । पृथ्वी नारायण शाहले जाजरकोट राज्यलाई उपहार स्वरूप दिएको शक्तिको प्रतीक खड्ग अर्थात् तरबार फूलपातीको अवसर पारेर शक्तिको प्रतीकका रूपमा जाजरकोट दरबारमा भित्र्याइएको छ।

    Advertisement

    तत्कालीन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा २५४ वर्षअघि उक्त खड्क दिएका थिए।

    जाजरकोट राज्यको शक्तिको प्रतीकका रूपमा रहेको उक्त खड्ग आइतबार भेरी नगरपालिका-४ रानागाउँस्थित कालिका मन्दिरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो।

    स्थानीयवासी, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको सहभागितामा शंख ध्वनीसहित भेरी नगरपालिका-४ गैरीखालीमा पूजाआजा र सलामी दिएर उक्त खड्गलाई जाजरकोट दरबार लगिएको हो।

    १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देस्यले धर्मसन्धी गर्दै उक्त खड्ग (तरबार) जाजरकोट राज्यलाई उपहारस्वरूप दिएका थिए।

    दुई राज्यका बीचमा एक अर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग शक्तिको प्रतीकका रूपमा जाजरकोटी राजालाई दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार केदारबहादुर शाहले बताए।

    उनले झन्डै सात सय वर्षअघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दसैंको फूलपातीका दिन विशेष पूजाआजासहित जगतिपुरबाट खलंगा दरबारमा ल्याउने परम्परा सुरु भएको बताए।

    फूलपातीका दिन विशेष पूजाआजासहित बलि दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ।

    बलि दिन र खड्ग भित्र्याउन लाग्ने रकम सुरुमा दरबारबाट रपछि गृहमन्त्रालयबाट आउने गरेपनि मुलुकमा गणतन्त्र आइसकेपछि रकम पठाउन छोडिएको छ।

    रकम अभावमा परम्परालाई निरन्तरता दिनै मुस्किल भएको स्थानीय प्रशासनले जनाएको छ। रकम अभावमा नवमीका दिन राँगाको बलि दिने कार्य केही वर्षयता हुन सकेको छैन।

    जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ। पहिला राजाले गर्ने खड्ग पूजा २०१८ सालपछि राज्य रजौटा उन्मुलनसँगै प्रमुख जिल्ला अधिकारीले गर्दै आएका छन्।

    जगतिपुरमा रहेको जाजरकोट राज्य र देवताको शक्तिलाई विस्तारै खलंगास्थित दरबारमा सार्ने उद्देस्यले प्रत्येक वर्ष फूलपातीका दिन पूजाआजासहित उक्त खड्गलाई खर्के देउताका रूपमा पुज्दै ल्याउन थालिएको हो।

    फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको उक्त खड्गलाई फूलपाती अर्थात सप्तमी, महाअष्टमी, महानवमी र विजयादशमीको दिनसम्म पञ्चे बाजाको ध्वनीका साथ बोका, रांगाको बलि दिएर भव्य रूपमा पूजाआजा गरी दशमीकै दिन टीका लगाइसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहेको थियो।

    मुलुकको १० वर्षे द्वन्द्वका क्रममा असुरक्षाका कारण उक्त खड्ग १७ वर्षअघिदेखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको छ।

    अब शान्ति आइसकेकाले खड्गलाई जगतिपुरको मन्दिरमै राख्नुपर्ने ५३ वर्षदेखि खड्ग पूजा गर्दै आएका पुजारी सत्यप्रसाद शर्माले बताए।

    जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई जगतिपुरमै राख्नुपर्ने पुजारी शर्माको भनाइ छ।

    उनले तत्कालीन राजाका पुरोहित अर्थात् खर्क देवताका पुजारी आफ्ना हजुरबुवाका बुवा रत्नदास शर्माले उक्त खडग जाजरकोट दरबारमा ल्याउन सुरु गरेको बताए।

    जाजरकोटी शाह ठकुरीहरूले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पूजा अहिले ओझेल पर्दै गएको छ। विगतमा खर्के देउताको पूजाका बेला स्थानीयहरूको जाजरकोट दरबारमा ठूलो मेला लाग्ने गरेको स्थानीय खम्बजंग शाहले बताए।
    जाजरकोटको इतिहास, संस्कृति र परम्पराको पहिचान झल्काउने खर्के देउता पूजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिए पनि अहिले सबैले बिर्सदै गएको उनले बताए।

    प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले खड्ग देवताको पूजा गर्ने र जाजरकोट दरबारमा खड्ग ल्याउने मौलिक परम्पराको जगेर्ना गर्न आफूले सक्दो पहल गर्ने बताए।

    उनले सुरक्षाका कारण खड्ग प्रहरी कार्यालयसँगै रहेको कालिका मन्दिरमा राखिएको बताए। संस्कृति र परम्पराको निरन्तरता दिएर इतिहासलाई जोगाइराख्नु सबैको कर्तव्य र दायित्व रहेको प्रजिअ न्यौपानेको भनाइ छ।

    आइतबार, असोज १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer