काठमाडौं । दसैंको अवसर पारेर यसपटक पनि विभिन्न स्थानमा पिङ हालिएको छ।
Advertisement
आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै पिङ हाल्ने परम्परा विस्तारै हराउँदै जान थालेका छन्। तर पिङ हालिएका ठाउँमा भने यसको छुट्टै रौनक देखिएको छ।
दसैं तिहारको अवसरमा बिजबजारले चोभारडाँडामा नौवटा बाँसका पिङ हालेको छ।
विभिन्न क्षेत्रका बालबालिका तथा विभिन्न उमेर समूहका मानिसहरूले त्यहाँ पिङ खेलेर मज्जा लिइरहेका छन्।




