काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद समेत रहेका लामा सोमबार एमाले प्रवेश गरेका हुन् ।
Advertisement
०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादीले टिकट नदिएपछि लामा माओवादीकै उम्मेदवारविरुद्ध बागी उठेर चुनाव जितेका थिए । चुनावपछि लामा तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।
सोमबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
यसअघि हुम्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिमनै एमालेमा प्रवेश गरिसकेको छ ।




