• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जल तथा मौसम विज्ञान विभागले भन्यो- ‘तीन दिन नकाट्नुस् धान नत्र पानीले डुबाउला’


  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । १ सय २५ दिनमा पाक्ने हर्दिनास, चैते जस्ता २५ थरीका अगौटे (छिटो पाक्ने) धान काट्ने बेला भएको छ।

    Advertisement

    धान पाकेको छ भने तीन दिन अझै नकाट्नुस्। नत्र पानीले डुबाउन सक्छ। तीन दिनपछि जल तथा मौसम विज्ञान विभागको बुलेटिन हेरेरमात्रै निर्णय लिन नेपाल कृषि अनुसन्धान परिषद नार्कका धान बाली विशेषज्ञ डा. सुशील सुवेदी सुझाएका छन्। खडे बाली नबिग्रिने हुनाले काट्ने सोच नराख्न उनले अनुरोध गरेका छन्।

    जल तथा मौसम विज्ञानले २ अक्टोबरबाट बाहिरिनुपर्ने मनसुन केही दिन अझै सक्रिय हुने भनेको छ।

    हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ गते अर्थात् महानवमी (मंगलबार) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको मौसम विज्ञानले जनाएको छ।

    विभागका अनुसार आउँदो मंगलबार अर्थात् महानवमीको दिनदेखि देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यस्तै, दसैंको दिन अर्थात् आउँदो बुधबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

    यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्छ।

    मौसम दसैंको भोलिपल्ट अर्थात् बिहीबार पनि सुधार नहुनसक्छ। त्यसदिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।

    यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

    यस्तै, असोज २१ अर्थात शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विशेष बुलेटिनमा उल्लेख गरिएको छ।

    त्यसदिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

    यस्तो अवस्थामा धान काट्दा पोहोरको जस्तै नास हुने धान बाली विशेषज्ञ डा. सुवेदी बताउँछन्।

    ‘यदि, धान काट्नुभएको छ भने, तुरून्तै सुरक्षित ठाउँमा राख्नुपर्छ। धान काट्नु भएको छैन तर पाकेको छ भने पानी बग्ने कुलो खन्नुपर्छ। पाकेको धान लत्रेर भिज्ने हुनाले कुलो बनाएर, पानी बगाउनुपर्छ’, उनले भने, ‘यस्तो अवस्थामा धान ढलिहालेमा पनि क्षति पुग्दैन। धान भिजेमा उम्रिने र चामल कालो हुने हुँदा पानीबाट जोगाउनैपर्छ।’

    मौसमी अवस्थाबारे निरन्तर अनुगमन गरिरहने र त्यसअनुसार सूचना अध्यावधिक गर्दै जाने भएकाले दैनिक रूपमा मौसमबारे जानकारी लिन र पूर्वानुमान महाशाखाबाट जारी हुने तीन दिने बुलेटिन नियमित हेर्न उनले सुझाएका छन्।

    ‘गत वर्ष पनि दसैंकै समयमा भारी वर्षा हुँदा भित्र्याउन ठिक्क धानबालीमा क्षति पुगेको थियो’, उनले भने, ‘यसपटक, मौसम विभागको सूचना हेरेर मात्रै धान काट्ने निधो गर्नुस्। अब कहिले काट्न मिल्ला भन्ने लागेको छ भने तीन दिनपछि जारी हुने बुलेटिन पर्खिनुहोला।’

     

    सोमबार, असोज १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer