• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पशुपति चौँलागाईं सम्झदै बालकृष्ण जिताउने दोलखाली मतदाताको अठोट


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • चरिकोट । दोलखामा चुनावी अभियान सुरु भएलगत्तै मतदाताहरुले स्थापित वामपन्थी नेता तथा पूर्व पोलिटब्यूरो सदस्य स्वर्गीय पशुपति चौंलागाईंका अधुरा योजना र सपना पूरा गर्न एमालेलाई जिताउने अठोट व्यक्त गर्न थाल्नुभएको छ ।

    Advertisement

    सोमवार भीमेश्वर नगरपालिकाको सेराबेंसी र दारेगौँडा क्षेत्रका मतदाताहरुले एमालेका प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीलाई विजयका लागि शुभकामना दिँदै त्यस्तो अठोट व्यक्त गर्नुभएको हो ।

    कोभिड संक्रमणबाट ०७८ जेठमा चौंलागाईंको निधन भएको थियो । एमाले दोलखाका संस्थापक नेतामध्येका एक नेता चौंलागाईं अघिल्लो पटक प्रदेससभा सदस्यमा प्रदेश ‘ख’बाट निर्वाचित हुनुभएको थियो ।

    ‘सालिन र विकासप्रेमी नेता पशुपति चौंलागाईंको अल्पायूमै निधन भयो, उहाँका योजना र सपना पूरा गर्न एमालेले आगामी मंसिर ४ को निर्वाचनका लागि योग्य र नयाँ अनुहारहरु अगाडि सारेको छ’, मतदातासमेत रहनुभएका वाम अग्रज चित्रबहादुर भुजेलले सबैका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘उहाँ जस्तै मिलनसार, राजनीतिक र सामाजिक व्यक्तित्व बालकृष्ण शिवाकोटीलाई एमालेले प्रतिनिधिसभाको उम्मेद्वार अगाडि सारेको छ, त्यसकारण उहाँलाई जिताउन हामी सकृय हुनेछौं ।’

    ०७४ को निर्वाचनमा चौंलागाईं जस्ता अग्रज नेताको सम्मानका लागि शिवाकोटीले नै उम्मेद्वार बन्न प्रस्ताव गर्नुभएको थियो । शिवाकोटीले दोलखाका हरेक सामाजिक अभियान र विपतमा सहयोग पु¥याउँदै आएको स्मरणसहित अघिल्लो पटक चौंलगाईंलाई फराकिलो सोचसहित उम्मेद्वार बनाएर जिताउन खेलेको भूमिकाप्रति उच्च प्रशंसा पनि गर्नुभएको थियो ।

    ‘अब तपाईं चुनाव जितेर चौंलागाईंको पनि उत्तराधिकारीका रुपमा अगाडि बढ्नुहोस्’ उम्मेद्वार शिबाकोटीप्रति मतदाहरुको शुभेच्छा थियो ।

    भीमेश्वर–८ स्थित सेराबेंसी र ९ स्थित दारेगौँडा मतदाता भेटघाटमा प्रतिनिधिसभाका उम्मेद्वार शिवाकोटीले घ्याङ–सेरा–मुडे सडकलाई छिट्टै बिस्तार गरेर पक्की सडक निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    एमालेकै पहलमा उक्त सडक खण्ड विस्तार भए पनि कालोपत्रे हुन बाँकी छ । कार्यक्रममा नेपाल खेलकुद महासंघका प्रवक्ता तथा एमाले दोलखा जिल्ला कमिटी सदस्य तिर्थबहादुर खड्का, खेलकुद महासंघका केन्द्रीय सदस्य सूर्य कार्की, भीमेश्वर ६ का अध्यक्ष नवीन लामा, ९ का अध्यक्ष हिमाल श्रेष्ठलगायत पनि सहभागी हुनुहुन्थ्यो ।

     

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer