• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रचण्डको गृह जिल्ला चितवनको माओवादी नेतृत्वविहीन, सह-इन्चार्ज अमर पनि एमालेमा प्रवेश


  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
  • चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गरेका छन् । चितवन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो ।

    Advertisement

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादीनिकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमाले वागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए । यसअघि माओवादीकै जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार एमाले प्रवेश गरेका थिए । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्जविहीन भएको छ ।

    एमाले प्रवेश गरेका रेग्मी माओवादी वागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । पत्रकार नेता पोखरेल पनि वागमती प्रदेश कमिटीका सदस्य हुन् । रेग्मीले यसअघि माओवादी केन्द्र चितवनको पटकपटक जिल्ला सचिव, काठमाडौं र ललितपुरको समेत पार्टी सचिव भएर काम गरेका थिए । माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई थप क्षति र बर्बादी हुने भन्दै रेग्मीले आफूहरू कम्युनिष्ट आन्दोलनका मूल धार एमालेमा समाहित भएको बताए ।

    पार्टीलाई सही बाटोमा ल्याउन अन्तरसंघर्ष गरेपनि प्रचण्डले जे भन्छन् त्यही नियम र कानून बन्ने गरेको र व्यक्तिवाद हाबी भएको उनको आरोप छ ।

    ‘कांग्रेससँग आत्मसमर्पण गर्दै माओवादी अहिले कांग्रेसले छुट्याएको भाग खाने ठाउँमा आइपुगेको छ । कांग्रेसलाई ठूलो पार्टी बनाउन हिँड्ने कदापि कम्युनिष्ट हुन नसक्ने ठहरसहित हामी एमालेमा आएका हौं । अरु कम्युनिष्टहरू पनि एमालेमा केन्द्रीकृत हुन आवश्यक छ । अरू पनि नेता-कार्यकर्ता एमालेमा आउन उचित समयको पर्खाइमा छन्’, एमाले प्रवेशको क्रममा रेग्मीले भने ।

    पार्टी प्रवेश गर्ने कार्यक्रममा माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारलगायतको उपस्थिति थियो ।

    बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer